सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्यो, कुन दललाई कति सिट ?

आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बिहीबार पनि जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मोडालिटीबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। आगामी निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गताबंधनको सिट बाँडफाड संख्यामा लचक हुने भएको छ।

कांग्रेस लचक भएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पनि आफ्नो अडानबाट पछि हट्न तयार छन्।

स्रोतका अनुसार यो बैठकमा नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिने लगभग समझदारी जुटेको छ।

स्रोतका अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले अन्तिम रुप दिँदैछ।

‘सय सिट दाबी गरेको कांग्रेसले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको छ’, कार्यदलका एक सदस्यले भने, ‘उसले ८५ देखि ८६ सिट लिन्छ। माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट लिन्छ। राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी समझदारी बनेको छ।’

यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना पनि छ। शीर्ष नेताहरुले संख्या टुंगो लगाएर कार्यदललाई जिम्मा दिएका छन्। सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्नेछ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बढी सिट लिएर हार्नुभन्दा सबै जित्ने गरी सिट लिनु उपयुक्त हुने प्रधानमन्त्रीको राय थियो।

प्रत्यक्षतर्फका प्रतिनिधि सभाको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० सिटमा सिट बाँडफाँट गरेर गठबन्धन चुनावी अभियानमा जाँदैछ।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक यात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक यात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुजिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको