दशैं सम्झिंदै हलिउड अभिनेता फ्रिम्यानले लेखे यस्तो स्टाटस, बन्यो भाइरल

काठमाडौं । टेलिभिजन शो ‘स्टोरी अफ गड’ छायांकनका लागि हलिउड अभिनेता मोर्गन फ्रिम्यान तीन वर्षअघि नेपालमा थिए । दशैंको बेला आएका उनले न्यानो नेपाली आतिथ्यता ग्रहण गरे ।

तीन वर्षअघिको क्षण सम्झिंदै अभिनेता फ्रिम्यान यतिबेला नोस्टाल्जिक बनेका छन् । नेपाल घुमघामको बेला नेपाली ढाकाटोपी लगाएर फोटो खिचाएको, आतिथ्यता दर्शाएको र पिङ खेलेका तस्वीर सेयर गर्दै उनले मर्मस्पर्शी स्टाटस पनि लेखेका छन् ।

उनी लेख्छन्, ‘दशैंको दुई साता लामो उत्सव नेपालीहरुका आधारभूत मान्यताहरुभन्दा माथि रहेर रुपक र शाब्दिक रुपमा पनि महत्वपूर्ण छ । दशैं खराबीभन्दा माथि राम्रोको विजयभन्दा पनि माथि हो । यसले हामीभित्रका अन्तद्र्वन्द्वलाई स्वीकार्दै र संसारमा असफलतालाई स्वागत गर्न हाम्रो आत्मालाई मुक्त गर्दैछ । स्टोरी अफ गडको छायांकनको क्रममा मेरो काठमाडौं यात्रा र दशैंको परम्परामा पूर्णतया डुब्दा मैले पाएको दयाप्रति म कहिल्यै बिर्सने छैन ।’

नेसनल जोग्राफिकको उक्त शोको छायांकनका लागि फ्रिम्यानसहितको टोली नेपाल हुँदै भारत समेत पुगेको थियो । धर्म, आस्था र भगवानबारे संसारभरका मानिसको धारणा बुझ्नु फ्रिम्यान अभिनित टीभी श्रृंखलाको ध्येय रहेको नेसनल जोग्राफिकले उल्लेख गरेको छ ।

गहकिलो आवाजका कारण चर्चा बटुलेका ८५ वर्षीय अभिनेता फ्रिम्यानले फिल्म ‘इन्भिक्ट्स’मा लोकप्रिय दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलको भूमिका निर्वाह गरेका थिए । सन् २००४ को फिल्म ‘मिलियन डलर बेबी’बाट उनले सर्पोटिङ एक्टरको रुपमा ओस्कार अवार्ड जितेका थिए ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको