अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

काठमाडौँ, शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् ।

शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु फेकन, आइरिन, नायर र एकाका प्रतिनिधिले विज्ञप्ति जारी गरी नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समुदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकारवालाले नेपाली विद्यार्थीलाई सहुलियत दिन माग गरेका हुन् ।

ती संस्थाले सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगन गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न आग्रह गर्दै यस अवधिमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा ट्युसन शुल्कमा २५ प्रतिशतसम्म छुट दिन माग गरेका छन् । यसैगरी स्थगन भएको पढाइ पूर्ति गर्न अनलाइन शिक्षा दिन, विद्यार्थीको प्रवेशाज्ञा अवधि नौ महिनासम्म बढाउन, वित्तीय अनुदान प्रदान गर्न र स्वास्थ्य सुविधा दिन पनि आग्रह गरिएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको