काठमाडौं – केही दिन अघिमात्र राजधानीमा औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘जय शम्भु’को छायाङ्कन सुरु भएको छ। चलचित्र विकास कम्पनी बालाजुमा चलचित्रको धमाधम सुटिङ भइरहेको छ। १० दिन सम्म उक्त स्थानमा चलचित्रको सुटिङ चल्ने निर्माण पक्षले बताएको छ ।
यति बेला चलचित्रको कलाकारद्धय अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा शिवाकोटीको परिचयात्मक एक्शनको छायाङ्कन गरिएको छ ।सुटिङको लागी जय शम्भु सेटमा चार क्यामरा प्रयोग भएको छ । जसमा फिल्ममा रेड ४ दशमलव ५ के २ वटा, गोप्रो ४ के १ वटा र फ्लाटोन ४ के ड्रोन एउटा प्रयोग गरिएको छ ।
निर्माण पक्षको अनुसार छायाङ्कन भइरहेको एक्शन सेट तयार पार्न करिब १० लाख बढी खर्च भएको छ । सेटको लागि ३ वटा पुराना कार र एउटा जिप खरिद गरिएको निर्माण पक्षले जानकारी दिए । चलचित्रको एक्शन पाटो श्री श्रेष्ठले समालिरहेको छन् । चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्दै छन् । चलचित्रको एक्शन बलिउड स्टाइलको हुने निर्देशकले दाबी गरे । ८० प्रतिशत छायाङ्कन काठमाडौँमा गरिने चलचित्र साउन १ गते रिलिज हुने बताइएको छ।