कांग्रेसले टिकट नदिएपछि अब के गर्लान् स्वर्णीम वाग्ले ? दिए यस्तो प्रतिक्रिया

काठमाडौं – आउँदो मंसिर ४ गते हुने चुनावको लागि आइतरबार मनोनयन दर्ता सम्पन्न भएको छ । टिकट पाउने उम्मेदवारले प्रचार प्रसार सुरु गरिसकेका छन् । टिकट नपाउने केहि उम्मेदवारले भने पार्टी छाड्ने, बागी उम्मेदवारी दिने तथा अर्को दलसँग मिल्नेसम्मका हर्कत गरिरहेका छन् ।

तर नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गर्दा पनि टिकट नपाएका अर्थशास्त्री स्वर्णीम वाग्ले भने टिकट नपाउने अरु भन्दा फरक देखिएका छन् । पार्टीले टिकट नदिएपनि उनले घोषणापत्र लेख्ने र राम्रा उम्मेदवारको प्रचारमा हिड्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “हजारौं शुभचिन्तकहरुले देखाउनुभएको स्नेहप्रति आभारी छु। अब घोषणापत्रको काम सक्छु, अनि नेपालमा *असल शासन र समुन्नति* को मुद्दा बोक्ने निष्ठावान उम्मेदवारहरुको पक्षमा चुनाव प्रचार गर्न देश दौडाहा गर्नेछु।”

वाग्ले टिकटको लागि दौडधुपमा थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले पनि वाग्लेलाई उम्मेदवार बनाउन पहल गरेका थिए । तर सभापति शेरबहादुर देउवाले टिकट दिएनन् । सुरुमा चितवन-१ बाट वाग्ले चुनाव लड्ने हल्ला थियो तर अर्का अर्थशास्त्री तथा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले बाजी मारे ।

टिकट नपाएका स्वर्णीम वाग्लेले चुनावको समयमा घोषणापत्र लेख्ने, राम्रा उम्मेदवारको प्रचारमा सहभागि हुने र आफूले नेतृत्व गरेको आईआईडिउस संस्थाको थप उन्नतिको लागि काम गर्ने बताएका छन् ।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको