स्वास्थ्य सामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने ?

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको कार्यसम्पादनप्रति तिखो आलोचना गरेका छन्। इन्टरनेट सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले अहिले सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारी खरिद सम्झौता भंग गरेर चोखिन खोजेको उल्लेख गरेका छन्।

ट्विटरमा उनले लेखेका छन्,’ सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने! सुरक्षाप्रेस खरिदमा अरबौंको मिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने! ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने! यही हो कँणहरूको नयाँ विधिशास्त्र?’

कोरोना संक्रमणसँग चीनबाट स्वास्थ्य उपकरण सामग्री खरिद गर्ने क्रममा करोडौं भ्रष्टाचार भएको तथ्य बाहिरिएपछि दबाबमा परेको सरकारले सो खरिद सम्झौता रद्द गरेको छ। उच्चपदस्थ नेता र स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै जोडबलमा ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनसँग उपकरण खरिद सम्झौता गरेको विषयले उग्ररुप लिएपछि स्वास्थ्य सेवा विभागले सो खरिद सम्झौता रद्द गरिसकेको छ। सरकारी ढुकुटीबाट कोटेशनभन्दा २० प्रतिशत बढी रकम खन्याएर मगाइएका ती उपकरण नेपाल एअरलाइन्सको विमानले चीनबाट नेपाल ल्याइसकेको छ।

सिफारिस

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

भर्खरै

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

धेरै पढिएको