कविता : मास्क भित्र मान्छे !

  • रवीन्द्र आशिष शैली

म अक्सर लगाउने गर्छु
मुख र नाक छोप्ने मास्क
धुवा र धुलोको शहरवाट जोगिन
बुख्याचा भै दिन्छु दिन दिनै बाहिर निस्कदा
कहिले काहीँ आफैलाई अनौठो लाग्थ्य‍ो
म सम्झन्छु
मैले केटाकेटिमा हेरेको डाकुको फिल्म
जस्मा
नाकमुखलाई कच्छाले छोपेर डाकुहरुले
गाउँ लुटेको त्यो दृष्य,
ऐनामा आफैलाई देखेर मास्कमा
आफै झस्किन्छु एकछिन
र बाहिर नदेख्ने हाँसो निस्कन्छ मास्क भित्रै र हराउछ
कसैले देख्न नपाउदै,
न धुवाँ न धुलो
सुनसान छ सडकहरु र पनि
आजभोलि यो मास्क आम भएको छ,

हो अचेल सब‌ले
मास्क लगाउन अनिवार्य छ
यसैले देख्छु सबैको अनुहारहरुमा
मास्कको टालो
झट्ट हेर्दा तर्सिन्छु पनि
दुई आँखा फुट्ट निस्केर तर्साए जस्तो
यो पनि थाहा छैन्
उ त्यो बाटोमा हिडिरहेको रामे हो कि श्यामे हो
कृष्ण हो कि हरि हो मलाई हेरिरहेको त्यो मान्छे,
अचम्म छु म
न कसैले सोचेको न कसैले डाकेको
आफ्नोलाई आफ्नो भन्न नपाउने
छोएर कसैलाई गन्न नपाउने
अनि सोच्छु
एउटा कुरा त पक्का मान्नै पर्छ
यतिबेला
जतिबेला अनुहार खुलै थियो
त्यतिबेला मान्छेहरु मान्छे थिएनन् मान्छे भित्र
तर
यो मास्क अनिवार्य भएपछि अनुहारमा
देख्छु
हराएका ती मान्छेहरु
भेटिरहेछु अचेल मास्क भित्र ।
अस्तुः

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको