- रवीन्द्र आशिष शैली
म अक्सर लगाउने गर्छु
मुख र नाक छोप्ने मास्क
धुवा र धुलोको शहरवाट जोगिन
बुख्याचा भै दिन्छु दिन दिनै बाहिर निस्कदा
कहिले काहीँ आफैलाई अनौठो लाग्थ्यो
म सम्झन्छु
मैले केटाकेटिमा हेरेको डाकुको फिल्म
जस्मा
नाकमुखलाई कच्छाले छोपेर डाकुहरुले
गाउँ लुटेको त्यो दृष्य,
ऐनामा आफैलाई देखेर मास्कमा
आफै झस्किन्छु एकछिन
र बाहिर नदेख्ने हाँसो निस्कन्छ मास्क भित्रै र हराउछ
कसैले देख्न नपाउदै,
न धुवाँ न धुलो
सुनसान छ सडकहरु र पनि
आजभोलि यो मास्क आम भएको छ,
हो अचेल सबले
मास्क लगाउन अनिवार्य छ
यसैले देख्छु सबैको अनुहारहरुमा
मास्कको टालो
झट्ट हेर्दा तर्सिन्छु पनि
दुई आँखा फुट्ट निस्केर तर्साए जस्तो
यो पनि थाहा छैन्
उ त्यो बाटोमा हिडिरहेको रामे हो कि श्यामे हो
कृष्ण हो कि हरि हो मलाई हेरिरहेको त्यो मान्छे,
अचम्म छु म
न कसैले सोचेको न कसैले डाकेको
आफ्नोलाई आफ्नो भन्न नपाउने
छोएर कसैलाई गन्न नपाउने
अनि सोच्छु
एउटा कुरा त पक्का मान्नै पर्छ
यतिबेला
जतिबेला अनुहार खुलै थियो
त्यतिबेला मान्छेहरु मान्छे थिएनन् मान्छे भित्र
तर
यो मास्क अनिवार्य भएपछि अनुहारमा
देख्छु
हराएका ती मान्छेहरु
भेटिरहेछु अचेल मास्क भित्र ।
अस्तुः
