जेम एन्ड ज्वेलरी एक्स्पोको चौथो संस्करण सुरु भएको छ। नेपाल रत्न तथा आभूषण संघले बिहीबार काठमाडौं होटल याक एन्ड यती, दरबारमार्ग आयोजना गरेको एक्सपोमा बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरादेखि नेपालका चर्चित अभिनेत्री र मोडलहरूले पनि र्याम्पमा नेपाली डिजाइनरका कपडा र गरगहना प्रस्तुत गरेका थिए।
ज्वेलरी फेसन शोमा मलाइका नेपाली डिजाइनरका पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिएकी थिइन्। घिउ रङको लेहेंगा सेटमा उनी हरियो छड्के तिलहरी लगाएर र्याम्पमा हिँडिन्।
त्यस्तै अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले जेम्स एण्ड ज्वेलरी फेसन रनवे नापेका थिए । स्वदेशी गहना आउलेटहरुले यी सेलिब्रिटीलाई आ–आफ्नो ब्राण्डको फेसन शो स्टपरको रुपमा प्रस्तुत गरेका थिए ।
हेर्नुहोस् फोटो पत्रकार अजय लेन्सम्यानले कार्यक्रममा खिचेका केही तस्बिरहरूः