काठमाडौं – सबैभन्दा व्यस्त मानिने संघीय राजधानी काठमाडौंका सडकहरु यतिबेला सुनासन जतिकै देखिन्छ । बिहान बेलुका केहि चहलपहल भएपनि प्राय सुनसान छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन गरेको आज १७ दिन पुगेको छ ।
लकडाउनको कारण मानिसको जनजीवन भने कष्टकर बनेको छ । तर, काठमाडौंका सडकहरुकाे भने स्वरुप फेरिएको छ । यसै समयमा काठमाडौं महानगरपालिले रंगरोगन तथा मर्मतसम्भार पनि गरेको छ । काठमाडौं स्वच्छ, सफा र हरियाली देखिएको छ ।















