मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकर ईद अर्थात् ईदजोहा पर्व मनाइरहेका छन्।
सो धर्मालम्बीहरुले ईदपछिको ठूलो पर्व बकरिदमा कुर्वानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन्।
बकर ईदका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
काठमाडौंमा रहेका इस्लाम धर्मालम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन छ ।

