अजय लेन्सम्यान
आज असार १५, असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रुपमा चिनिन्छ। वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्।
कृषकहरुले दही चिउरा खाएर धमाधम धान रोपिरहेका छन्। असार १५ को दिन अन्य बेला खेतबारी नपस्नेहरु पनि हिलोमा पुगेर धान रोपिरहेका छन्।
उता सेनाको काली प्रसाद गण (ई), भैंसे ब्यारेक, मकवानपुरले पनि धान दिवस मनाएको छ। सेनाले आफ्नो परिसरमा हिलो खेल्दै धान रोपेर दिवस मनाएको हो।