रामेछाप – रामेछापमा क्वारेन्टाईन र होम क्वारेन्टाइनमा वसेकाको कोरोना परिक्षण सुरु गरिएकाे छ । जिल्लाका ३ वटा स्थानीय तहमा २७ जनामा कोरोनाको ¥यापिट डाइग्नोसिस किट मार्फत परिक्षण गरीएको छ । परिक्षण गरीएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार सोमबार १ जना र मंगलबार २६ जनाको ¥यापिट डाइग्नोसिस किट मार्फत परिक्षण गरीएको हो । रामेछाप नगरपालिकामा १६ जना, मन्थली नगरपालिकामा ६ जना र लिखु तामाकोशी गाउंपालिकामा ५ जनाको परिक्षण गरीएको छ । ¥यापिट डाइग्नोसिस किट मार्फत रगतको परिक्षण गर्ने गरीन्छ । यदि उक्त परिक्षणमा कोरोना पोजेटिभ देखिएमा स्वाब झिकेर परिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने कर्णले वताए । उक्त परिक्षणमा समेत कोरोना पोजेटिभ रिपोर्ट आएमा त्यस्ता व्यक्तिलाई अस्पतालमा भर्ना गरेर उपचार सुरु गर्ने योजना रहेको कर्णले वताए ।
रामेछापमा सरकारले ३ सय वटा ¥यापिट डाइग्नोसिस किट उपलव्ध गराएको छ । पहिलो चरणमा जिल्लाका २ नगरपालिका र ५ वटा गाउंपालिकामा परिक्षण गर्ने गरी तालिका वनाइएको छ । उमाकुण्ड गाउंपालिकामा भने क्वारेन्टाइन र होम क्वारेन्टाइनमा समेत मानिस नबसेकोले तत्काल परिक्षण हुने छैन ।
जिल्लाका विभिन्न क्वारेन्टाइन र होम क्वारेन्टाइनमा वसेका तथा उनिहरुको परिवारलाई प्राथमिकतामा राखेर परिक्षण गर्ने र दोश्रो चरणमा अन्यलाई परिक्षण गर्ने तालिका छ । ¥यापिट डाइग्नोसिस किट थप माग गरेर परिक्षणलाई अभियानको रुपमा अघी बढाउने कर्णले वताए । चैत लागेपछि विदेशबाट जिल्लामा भित्रीएका सवैको परिक्षण गरीने समेत उनले वताए ।