काठमाडौं उपत्यकाका तीन जिल्लासहित विभिन्न जिल्लामा गाइजात्रा शुरु भएको छ । ललितपुरको हरिसिद्धिमामा पनि गाइजात्रा पर्व मनाइएको छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो । यसलाई मुख्यगरी नेवार समूदायले दिवंगतहरुको स्मृतिमा मनाइन्छन् ।

वर्षदिनभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने र अन्न, द्रव्य दान गरिन्छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । बालक, युवालाई विभिन्न आकृतिमा सजाएर शहरका गल्ली, चोकहरुमा घुमाउने गरिन्छ । सडक छेउमा लाम लागेकाहरुले दान, द्रव्य तथा परिकार खान दिएर बिदा गर्ने गर्दछन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका नेवारी समूदायका बस्तीभित्र गल्ली, सडक, चोक गार्यजात्रेहरुले भरिभराउ भए । वृद्धवृद्धा, युवायुवती, बाल उमेरमा सहभागी देखिन्थे । बालबालिकालाई गाईकाे अाकृतिमा सजाइएकाे थियाे ।

