इन्द्रजात्राको भोलिपल्ट भक्तपुरको सिद्धपोखरीमा किन लाग्छ भिड ?

भादगाउँ – भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ ।

सोहीअनुसार बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पुर्‍याएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने आज भक्तजनको भीड लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको छ ।

इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ । इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ ।

इन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ ।

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको