एकीकृत समाजवादीका जिल्ला अध्यक्षसहित ३१ नेताले पार्टी छाडे

नेकपा एकीकृत समाजवादीका पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ जना नेताले पार्टी छाडेका छन्। संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गर्ने नेतामा जिल्लादेखि प्रदेश तहसम्मका नेता छन्।

जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एकीकृत समाजवादीबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

जिल्लामा प्रदेश अधिवेशनको समयमा पार्टीको जिल्ला इन्चार्ज र जिम्मेवारीको विषमा असन्तुष्ट उनीहरूले यस विषयमा केन्द्रीय तथा प्रदेश कमिटीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले पार्टी छाडेको बताएका छन्।

पार्टी छाड्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष तथा युवा संघका जिल्ला इन्चार्ज प्रेमनारायण पाण्डे, जिल्ला कमिटी उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कंडेल, रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवरलगायत छन्।

सिफारिस

भुटान पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा ‘रेड कार्पेट’सहितको स्वागत

निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन्। ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान गएका हुन्। उनलाई राजधानी थिम्पुमा राजकुमारीले स्वागत गरेकी छिन्।...

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ ।...

त्रिदेशीय टी-२० क्रिकेट: ओमानविरुद्ध नेपालको शानदार जित

क्यानडा – कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध...

सुरु भयो दशैं, आज घटस्थापना

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने...

फेरि देशभर मनसुनी वायु सक्रिय : कोशी र बागमतीमा भारी वर्षा

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी...

टी–२० सिरिज: घरेलु टोली क्यानडासँग नेपाल पराजित

ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली...

धेरै पढिएको