राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दूअधिराज्य स्थापनाका लागि तेश्रो जनआन्दोलन शुरु गरेको बताएका छन्।
पार्टीले आइतबार वीरगन्जमा आयोजना गरेको आमसभामा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यावस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजा सहितको प्रजातान्त्रिक व्यावस्था उपयुक्त हुने दाबी गरे।
राजसंस्था, हिन्दु राष्ट्र स्थापना गर्ने र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि हासिल गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको उनले बताए।