प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि भएन : अमरेश सिंह

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन्।

उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उनले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताए। उनले व्यस्त प्रधानमन्त्री भएको भए एक, दुई दिनको मात्रै भ्रमण हुने बताए।

उनले भने, ‘दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ? या ७ दिन बस्छ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन। प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ। प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि। त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि। प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो। त्यसबाहेक के फाइदा भयो?’

सिफारिस

क्रिकेट खेलाडीले अब मासिक एक लाख तलब पाउने

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ। शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब...

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

फुट्सल प्रतियोगिता आयोजना गर्दै एनएफपिजे, आफ्नो टिम बनाउन थाल्यो प्रशिक्षण

काठमाडौँ -  राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे)ले आगामी चैत्र...

पत्रकार शाक्य र गौतममाथि दुर्व्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ - नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज...

राष्ट्रिय फाेटाे पत्रकार समूह दोलखा शाखाकाे अध्यक्षमा प्रलाद आचार्य

दोलखा – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको दोलखा...

सूचना विभागको कार्ड पैसाले किन्ने प्रहरीको धम्की, परिचयपत्र खोसेर पत्रकारमाथि धरपकड

काठमाडौं - कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीहरुले पत्रकारमाथि दुव्र्यवहार...

धेरै पढिएको