राजेन्द्र लिङ्देनले संसद्‍मै ज्ञानेन्द्र शाहलाई राजा भनेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजाकै रुपमा सम्बोधन गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले राजावादी र पूर्वराजाका गतिविधिले सामाजिक सद्भाव बिथोलिएको ठूला दलका नेताहरुको भनाइमा आपत्ति प्रकट गरे।

‘नेताहरुले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेको बताउनु भयो। उनीहरुलाई निगरानी गर्न भन्नु भयो। राजा ज्ञानेन्द्रले पनि लोकतन्त्र गतिविधि गर्न पाउनु हुन्छ। राजावादीहरूको त्यस्तो के गतिविधि रहेछ, जसले धार्मिक सद्भाव बिथोल्यो? राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई असर गरेको रहेछ? त्यसबारे हामीले जानकारी पाउनु पर्छ।’

अध्यक्ष लिङ्देनले गम्भीर अपराधका घटनाका दोषीहरूलाई जेलबाट रिहा गर्ने, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने तथा सुन तस्करी गर्ने काम चाहिँ लोकतान्त्रिक? भन्दै सरकारमाथि प्रश्न तेर्स्याए।

उनको यही भनाइमा ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ ढकालले आपत्ति प्रकट गरे।

लिङदेनले ज्ञानेन्द्रलाई राजाका रुपमा सम्बोधन गरेको भन्दै दाहालले आक्रोश जनाए। दाहालले लिङ्देनको उक्त भनाइलाई संसद्‍को रेकर्डबाट हटाउन पनि सभामुखसँग माग गरे।

दाहालले राजालाई नेपालको संविधानले नचिन्ने पनि बताए। ‘नेपालको संविधानले राजालाई चिन्दैन, जान्दैन’, उनले लिङ्देनतिर लक्षित गर्दै भने, ‘एकजना माननीयज्यूले सदनमै राजा भनेर सम्बोधन गर्नु भयो। अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ। माननीयज्यूले राजा शब्द प्रयोग गरेकाले त्यसलाई रेकर्डबाट हटाइयोस्।’

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको