राजेन्द्र लिङ्देनले संसद्‍मै ज्ञानेन्द्र शाहलाई राजा भनेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजाकै रुपमा सम्बोधन गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले राजावादी र पूर्वराजाका गतिविधिले सामाजिक सद्भाव बिथोलिएको ठूला दलका नेताहरुको भनाइमा आपत्ति प्रकट गरे।

‘नेताहरुले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेको बताउनु भयो। उनीहरुलाई निगरानी गर्न भन्नु भयो। राजा ज्ञानेन्द्रले पनि लोकतन्त्र गतिविधि गर्न पाउनु हुन्छ। राजावादीहरूको त्यस्तो के गतिविधि रहेछ, जसले धार्मिक सद्भाव बिथोल्यो? राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई असर गरेको रहेछ? त्यसबारे हामीले जानकारी पाउनु पर्छ।’

अध्यक्ष लिङ्देनले गम्भीर अपराधका घटनाका दोषीहरूलाई जेलबाट रिहा गर्ने, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने तथा सुन तस्करी गर्ने काम चाहिँ लोकतान्त्रिक? भन्दै सरकारमाथि प्रश्न तेर्स्याए।

उनको यही भनाइमा ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ ढकालले आपत्ति प्रकट गरे।

लिङदेनले ज्ञानेन्द्रलाई राजाका रुपमा सम्बोधन गरेको भन्दै दाहालले आक्रोश जनाए। दाहालले लिङ्देनको उक्त भनाइलाई संसद्‍को रेकर्डबाट हटाउन पनि सभामुखसँग माग गरे।

दाहालले राजालाई नेपालको संविधानले नचिन्ने पनि बताए। ‘नेपालको संविधानले राजालाई चिन्दैन, जान्दैन’, उनले लिङ्देनतिर लक्षित गर्दै भने, ‘एकजना माननीयज्यूले सदनमै राजा भनेर सम्बोधन गर्नु भयो। अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ। माननीयज्यूले राजा शब्द प्रयोग गरेकाले त्यसलाई रेकर्डबाट हटाइयोस्।’

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको