दसैँका लागि कहिलेबाट खुल्छ अग्रिम टिकट बुकिङ ?

काठमाडौँ I दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।

अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीको महान् चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् ।

समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु दोब्बर÷तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् ।

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउनुहुन्छ ।

देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । “दसैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।

महासङ्घका अनुसार हाल मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, विपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् । यस्तै, काठमाडौँबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ ।

सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ ।

वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैङ्कको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउनुहुन्छ ।

“महासङ्घले बाटोसहित भाडा समायोजनको मुद्दालाई समेत अगाडि बढाउँदै आएको छ”, उहाँ भन्नुहुन्छ । बाटोको अवस्था राम्रो भए आफूहरूलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको उहाँको भनाइ छ । दसैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्छ ।

यातायात व्यवस्था विभागले चाँडै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे सरोकारवाला निकायसँगको छलफल सुरु गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै निष्कर्षमा पुग्ने बताउनुहुन्छ । “हामीले सकेसम्म आजै अग्रिम टिकट बुकिङबारे निर्णयमा पुग्छौँ”, उहाँ भन्नुहुन्छ ।

महानिर्देशक रिजालले नेपालको सार्वजनिक यातायातको सङ्ख्या र यात्रुको चापलाई हेरेर विभाग अगाडि बढ्ने बताउनुहुन्छ । विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ ।

ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागसँगको सहकार्यमा यात्रु सहायकता कक्षा स्थापना गरिने बताउनुहुन्छ । उहाँले दुर्घटना न्यूनीकरण र चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले ‘ट्राफिक सप्ताह–२०८०’ सञ्चालन गरेको उहाँको भनाइ छ ।

यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौँ छाड्ने गरेका छन् । हाल काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन् । रासस

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको