आर्मीका गिरीले राखे चौथों ‘वर्ल्ड रेकर्ड’

नेपाल आर्मीका हरिचन्द्र गिरीले संसारमा ‘सबैभन्दा छोटो समयमा भर्‍याङ खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।

उनले २५.०३ सेकेन्डमा भर्‍याङको ७५ खुड्किला हातले टेक्दै ओर्लिएर गिनिज वर्ल्ड रेकर्ड हात पारेका हुन्। यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा यही विधामा गिनिज वर्ल्ड रेकर्ड बनाएका थिए।

केन्नीको रेकर्ड तोड्दै नेपाल आर्मीमा कार्यरत दाङ स्थायी घर भएका गिरीले २५.०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन्।

उनले बुढानिलकण्ठको जाम्चेन विजय स्तूपामा भर्‍याङका ७५ खुड्किला हातले टेक्दै २५.०३ सेकेन्डमै उल्टो ओर्लिएर विश्व रेकर्ड राखेका हुन्। हाल उनले आधिकारिक रुपमा सर्टिफिकेट हात पारिसकेका छन्।

गिरीको यो कलालाई मन पराएर साथ दिँदै नेपाल आर्मीका उपरथी सन्तोष कुमार ढकाल र महासेनानी अच्युतम भण्डारीले उनलाई नेपाल आर्मीको खेलकुद केन्द्रमा ल्याएका थिए।

यसअघि गिरीले तीन वटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसकेका छन्। खुट्टाको बिचमा बल राखेर हातले टेकेर हिँड्ने शीर्षकमा उनले ४.४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो रेकर्ड राखेका थिए।

यही शीर्षकमा ५० मिटर दुरी उनले २५.५८ सेकेन्डमा पार गरेर दोस्रो रेकर्ड राखेका थिए। यस्तै भर्‍याङ्का खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राख्न सफल भएका थिए। अब फेरि ५ औ रेकडको लागि तयारीमा जुटेको उनले बताए। अगामी रेकर्डको लागि उनले टायर माथि सर्वाधिक डोरी एक मिनेटमा खेलेर नयाँ विश्व कीर्तिमान गर्ने अभ्यासरत रहेको बताउँछन्।

उनी २०७७ सालमा आयोजित आर्मी गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट जवान समेत हुन

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको