आर्मीका गिरीले राखे चौथों ‘वर्ल्ड रेकर्ड’

नेपाल आर्मीका हरिचन्द्र गिरीले संसारमा ‘सबैभन्दा छोटो समयमा भर्‍याङ खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।

उनले २५.०३ सेकेन्डमा भर्‍याङको ७५ खुड्किला हातले टेक्दै ओर्लिएर गिनिज वर्ल्ड रेकर्ड हात पारेका हुन्। यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा यही विधामा गिनिज वर्ल्ड रेकर्ड बनाएका थिए।

केन्नीको रेकर्ड तोड्दै नेपाल आर्मीमा कार्यरत दाङ स्थायी घर भएका गिरीले २५.०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन्।

उनले बुढानिलकण्ठको जाम्चेन विजय स्तूपामा भर्‍याङका ७५ खुड्किला हातले टेक्दै २५.०३ सेकेन्डमै उल्टो ओर्लिएर विश्व रेकर्ड राखेका हुन्। हाल उनले आधिकारिक रुपमा सर्टिफिकेट हात पारिसकेका छन्।

गिरीको यो कलालाई मन पराएर साथ दिँदै नेपाल आर्मीका उपरथी सन्तोष कुमार ढकाल र महासेनानी अच्युतम भण्डारीले उनलाई नेपाल आर्मीको खेलकुद केन्द्रमा ल्याएका थिए।

यसअघि गिरीले तीन वटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसकेका छन्। खुट्टाको बिचमा बल राखेर हातले टेकेर हिँड्ने शीर्षकमा उनले ४.४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो रेकर्ड राखेका थिए।

यही शीर्षकमा ५० मिटर दुरी उनले २५.५८ सेकेन्डमा पार गरेर दोस्रो रेकर्ड राखेका थिए। यस्तै भर्‍याङ्का खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राख्न सफल भएका थिए। अब फेरि ५ औ रेकडको लागि तयारीमा जुटेको उनले बताए। अगामी रेकर्डको लागि उनले टायर माथि सर्वाधिक डोरी एक मिनेटमा खेलेर नयाँ विश्व कीर्तिमान गर्ने अभ्यासरत रहेको बताउँछन्।

उनी २०७७ सालमा आयोजित आर्मी गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट जवान समेत हुन

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको