काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको जमलस्थित एक होटलमा आयोजित कार्यक्रमबाट निस्केपछि उनीमाथि कालो मोसो दलिएको हो।

प्रसाईँले आज दिउँसो १ बजे काठमाडौंको एक होटेलमा पत्रकार सम्मेलन भन्दै युट्युबर बोलाएका थिए। कार्यक्रम सकेर हलबाट बाहिरिएलगत्तै उनलाई अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन्।

दरबारमार्ग प्रहरी वृत्तका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालो मोसो दलिएको हो। प्रसाईंलाई कसले कालो मोसो दलेको हो भन्ने खुलेको छैन।

प्रसाईं केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को ब्याज नियन्त्रण, ऋण मिनाहालगायत माग राखेर अभियानमा छन्। संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनका एजेण्डा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here