सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको हो।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ । बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ। ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्।

राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here