रुघाखोकी लाग्यो ? यी खानेकुरा खानुस्

काठमाडौं- चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ।

त्यसैले हामीले चिसो मौसममा खाने कुरामा विशेष ध्यान दिनुपर्छ। हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउने खाने कुरामा हामीले जोड दिनुपर्छ। फलफूल र तरकारी हाम्रो शरीरका लागि लाभदायक मानिन्छन्।

चिसो मौसममा सुपको सेवन गर्नुपर्छ। मेडीलाइफ ग्लोबल डटकमका अनुसार सुपको सेवनले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ। सुप बनाउनका लागि मासु र थुप्रै सागपातको प्रयोग गर्न सकिन्छ। यसले रुघा लागेमा शरीरमा शक्ति प्रदान गर्नुका साथै न्यानो प्रदान गर्छ।

यस्तै हामीले रुघाबाट जोगिनका लागि स्वस्थ मसालाको प्रयोग पनि गर्न सक्छौं। अदुवा, जिरा, मर्चा जस्ता मसलाको प्रयोग गर्न सकिन्छ। यस्ता मसालाको प्रयोग गर्दा एन्टीमाइक्रोबायल र एन्टीफङ्गल प्रोपर्टीज पाइन्छ। यसले इम्युनिटी बुस्ट गर्नुका साथै डाइजेशनलाई ठिक गर्छ।

यसका साथै हामीले ताजा फलफूल तथा हरिया सागपातको प्रयोग गर्नुपर्छ। फल तथा हरियो सागमा एन्टीअक्सिडेन्ट, भिटामिन, फाइबर र पानीको मात्रा भरपुर पाइन्छ। बदाम, पिस्ता, काजु र ओखर जस्ता खाने कुराले पनि शरीरमा शक्ति प्रदान गर्छन्। यस्तै दूध, दही जस्ता भिटामिन बी १२, प्रोटिन र क्याल्सियम पाइने चिजको सेवन गर्नुपर्छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको