रुघाखोकी लाग्यो ? यी खानेकुरा खानुस्

काठमाडौं- चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ।

त्यसैले हामीले चिसो मौसममा खाने कुरामा विशेष ध्यान दिनुपर्छ। हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउने खाने कुरामा हामीले जोड दिनुपर्छ। फलफूल र तरकारी हाम्रो शरीरका लागि लाभदायक मानिन्छन्।

चिसो मौसममा सुपको सेवन गर्नुपर्छ। मेडीलाइफ ग्लोबल डटकमका अनुसार सुपको सेवनले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ। सुप बनाउनका लागि मासु र थुप्रै सागपातको प्रयोग गर्न सकिन्छ। यसले रुघा लागेमा शरीरमा शक्ति प्रदान गर्नुका साथै न्यानो प्रदान गर्छ।

यस्तै हामीले रुघाबाट जोगिनका लागि स्वस्थ मसालाको प्रयोग पनि गर्न सक्छौं। अदुवा, जिरा, मर्चा जस्ता मसलाको प्रयोग गर्न सकिन्छ। यस्ता मसालाको प्रयोग गर्दा एन्टीमाइक्रोबायल र एन्टीफङ्गल प्रोपर्टीज पाइन्छ। यसले इम्युनिटी बुस्ट गर्नुका साथै डाइजेशनलाई ठिक गर्छ।

यसका साथै हामीले ताजा फलफूल तथा हरिया सागपातको प्रयोग गर्नुपर्छ। फल तथा हरियो सागमा एन्टीअक्सिडेन्ट, भिटामिन, फाइबर र पानीको मात्रा भरपुर पाइन्छ। बदाम, पिस्ता, काजु र ओखर जस्ता खाने कुराले पनि शरीरमा शक्ति प्रदान गर्छन्। यस्तै दूध, दही जस्ता भिटामिन बी १२, प्रोटिन र क्याल्सियम पाइने चिजको सेवन गर्नुपर्छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको