पूजा र रेहानले जिते ‘एस अफ मोडल्स २०२३’ को उपाधि

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘एस अफ मोडल्स २०२३’ को उपाधि महिलातर्फ झापाकी २१ वर्षीया पूजासिंह राजपुत र काठमाडौंका १८ वर्षीय रेहान गाडलले जितेका छन् ।

शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न फिनालेमा १६ महिला प्रतिस्पर्धीलाई उछिनेर पूजा र ७ पुरुष प्रतिस्पर्धीलाई पछि पारेर रेहानले उपाधि हात पारेका हुन् । प्रतियोगिता इभेन्ट तथा फोटोग्राफी कम्पनी ‘क्याप्चर’ ले आयोजना गरेको हो ।
प्रतियोगितामा ‘फस्ट रनर अप’ को ताज शिला नेपाली र भावेश खड्काले पहिरिए भने हेभन उपाध्याय र रोनि आले मगरले सेकेन्ड रनर अपको उपाधि जिते ।

‘मस्ट फोटोजेनिक’ शिला नेपाली र भावेस खड्का, बेस्ट पर्सनालिटीमा रेहान गाडल र शिला नेपाली, बेस्ट वाक रुजल स्थापित र सिम्रिका खत्री, बेस्ट स्किन शिला नेपाली, बेस्ट फिजिक भावेष खड्का, बेस्ट फिगर पूजासिंह राजपुत, मस्ट ट्यालेन्टेड रेहान गाडल र स्तुति क्षेत्री घोषित भए ।

यसैगरी, मस्ट एक्टिभमा सुवास्ना रेग्मी, मस्ट पङ्चुअलमा डार्विन देवकोटा र श्रृसा श्रेष्ठ, मस्ट पपुलरमा शिला नेपाली र डार्विन देवकोटा, पब्लिक च्वाइसमा सुवास्ना रेग्मी, मस्ट डिसिप्लेनमा सम्यम श्रेष्ठ र निलम बम ठकुरी, मस्ट करेजियसमा हेभन उपाध्याय, मस्ट स्टाइलिस्ट रोनि आले मगर र सिफाली महर्जन, मस्ट फ्रेन्डलीमा सुरज चौधरी र प्रिज्मा भुजुले सह–उपाधिका अवार्डहरू पाए ।

प्रतिभा, बौद्धिकता र सौन्दर्यलाई एकीकृत गरी उत्सवको रूपमा मनाउन आयोजना गरिएको भनिएको प्रतियोगिताको प्रमुख अतिथिका रूपमा अमनप्रताप अधिकारी साथै निर्णायक मण्डलमा मिस्टर नेपाल २०२२ नुतन श्रेष्ठ, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ, फेसन डिजाइनर सोनम सुब्बा लिम्बू, सिनियर ब्युटिसियन रुक्सा श्रेष्ठ, र रोडिज सिजन–२ बिजेता आयुष श्रेष्ठ थिए । ‘एस अफ मोडल्स २०२३‘ इभेन्टको निर्देशन फोटोग्राफर पविन्द्र श्रेष्ठले गरेका थिए ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको