काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘एस अफ मोडल्स २०२३’ को उपाधि महिलातर्फ झापाकी २१ वर्षीया पूजासिंह राजपुत र काठमाडौंका १८ वर्षीय रेहान गाडलले जितेका छन् ।

शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न फिनालेमा १६ महिला प्रतिस्पर्धीलाई उछिनेर पूजा र ७ पुरुष प्रतिस्पर्धीलाई पछि पारेर रेहानले उपाधि हात पारेका हुन् । प्रतियोगिता इभेन्ट तथा फोटोग्राफी कम्पनी ‘क्याप्चर’ ले आयोजना गरेको हो ।
प्रतियोगितामा ‘फस्ट रनर अप’ को ताज शिला नेपाली र भावेश खड्काले पहिरिए भने हेभन उपाध्याय र रोनि आले मगरले सेकेन्ड रनर अपको उपाधि जिते ।

‘मस्ट फोटोजेनिक’ शिला नेपाली र भावेस खड्का, बेस्ट पर्सनालिटीमा रेहान गाडल र शिला नेपाली, बेस्ट वाक रुजल स्थापित र सिम्रिका खत्री, बेस्ट स्किन शिला नेपाली, बेस्ट फिजिक भावेष खड्का, बेस्ट फिगर पूजासिंह राजपुत, मस्ट ट्यालेन्टेड रेहान गाडल र स्तुति क्षेत्री घोषित भए ।

यसैगरी, मस्ट एक्टिभमा सुवास्ना रेग्मी, मस्ट पङ्चुअलमा डार्विन देवकोटा र श्रृसा श्रेष्ठ, मस्ट पपुलरमा शिला नेपाली र डार्विन देवकोटा, पब्लिक च्वाइसमा सुवास्ना रेग्मी, मस्ट डिसिप्लेनमा सम्यम श्रेष्ठ र निलम बम ठकुरी, मस्ट करेजियसमा हेभन उपाध्याय, मस्ट स्टाइलिस्ट रोनि आले मगर र सिफाली महर्जन, मस्ट फ्रेन्डलीमा सुरज चौधरी र प्रिज्मा भुजुले सह–उपाधिका अवार्डहरू पाए ।

प्रतिभा, बौद्धिकता र सौन्दर्यलाई एकीकृत गरी उत्सवको रूपमा मनाउन आयोजना गरिएको भनिएको प्रतियोगिताको प्रमुख अतिथिका रूपमा अमनप्रताप अधिकारी साथै निर्णायक मण्डलमा मिस्टर नेपाल २०२२ नुतन श्रेष्ठ, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ, फेसन डिजाइनर सोनम सुब्बा लिम्बू, सिनियर ब्युटिसियन रुक्सा श्रेष्ठ, र रोडिज सिजन–२ बिजेता आयुष श्रेष्ठ थिए । ‘एस अफ मोडल्स २०२३‘ इभेन्टको निर्देशन फोटोग्राफर पविन्द्र श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here