इजरायलबाट उद्धार गरिएका २५४ नेपाली काठमाडौं उत्रिए

काठमाडौं– द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याइएको छ। नेपाल वायुसेवा निगम (नेपाल) एयरलाइन्सको जहाजमार्फत् २५४ जना नेपाली काठमाडौं आइपुगेका छन्।

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर १० जना नेपाली मारिएका थिए। १ जना अझै सम्पर्कविहीन छन्। युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार गरी सरकारले विमान पठाएर स्वदेश ल्याएको हो।

नेपाली नागरिकलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए।

इजरायलबाट उद्धार गरिएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आ–आफ्नो निवासतर्फ पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उद्धार गरिएका २५४ जनालाई काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा पठाउन सरकारले ३ वटा बसको व्यवस्था गरेको थियो।

नेपाल प्रहरीका बसमार्फत् उनीहरुलाई आ–आफ्नो घर तथा आफन्तकोमा पठाइएको हो।

इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री साउदले इजरायलमा नेपालीको उद्धारका लागि आवश्यक परे अझै पनि जहाज जान सक्ने बताए। यद्यपि नियमित उडानबाट आउने नेपालीको टिकट खर्च पनि सरकारले बेहोर्ने मन्त्री साउदले जानकारी दिए।

इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीका लागि अनलाइनमार्फत् आवेदन शंकलन गरेको थियो। जसमा ५५७ जनाले आफ्नाो विवरण उपलब्ध गराएका थिए। विवरण उपलब्ध गराएकामध्ये ५०३ जनाले स्वदेश फर्किन अनुरोध गरेका थिए।

स्वदेश फर्किने अनुरोधसहित विवरण उपलब्ध गराएकामध्ये २५४ जनालाई उद्धार उडानमार्फत् स्वदेश ल्याइएको हो।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको