काठमाडौ-  पाटन दरबार क्षेत्रमा एसिया प्यासिफिक सेन्टर अफ एजुकेसन फर इन्टरनेसनल अन्डर्स्टान्डिङ (एपीसीईआईयू) ले  फोटो प्रदर्शनी गरेको छ। बहादुर शाह बैठकमा नेपाल र कोरियाका विद्यार्थीले खिचेका फोटोहरू प्रदर्शनीमा राखिएको हो।

नेपाल सरकार र यूनेस्को को सहकार्यमा ८ दिने आधारभुत फोटोग्राफी तालिम लिएका नेपालका १८ र कोरियाका ८ जना  विद्यार्थीले खिचेका ५८ वटा तस्वीरहरु राखिएका छन् ।

असोज २५ गते बिहिवार देखि सुरु भएको प्रदर्शनी, आज अर्थात असोज २७ गते शनिबारसम्म चल्ने छ।

तस्वीरहरु:-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here