घुम्ने हैन त भक्तपुर … (फोटो फिचर)

काठमाडौं –  बडादसैँको बिदाका बेला घुमघाम गर्न भक्तपुर दरबार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । सार्वजनिक बिदा र चाडपर्वको समयमा भक्तपुरमा तुलनात्मक रूपमा आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति देखिन्छ ।

भक्तपुरको दूधपाटीस्थित सिद्धपोखरी जिल्लाभरिकै ठूलो पोखरी हो।  यस पोखरीलाई नेपाल भाषामा तः पुखु भनिन्छ । भक्तपुर सहरभित्र सानाठूला गरी ३४ पोखरी छन् । तीमध्ये सबैलाई पायक पर्ने र आकर्षक मानिन्छ सिद्धपोखरी ।

सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको डुंगा चढ्न प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ । विद्यार्थी, बालबालिका, वृद्धवृद्धालाई ५० रुपैयाँ लिइन्छ । एउटा डुंगामा चार जनासम्म बस्न सकिन्छ । यहाँ सातवटा डुंगा सञ्चालित छन् । बिहान साढे १० बजेदेखि साँझ साढे ५ बजेसम्म डुंगा सयर गर्न सकिन्छ । बेलुका ७ बजे पोखरी बन्द हुन्छ ।

त्यस्तै, पछिल्ला दिनमा भक्तपुर नगरपालिका-१ इताछेँस्थित नःपुखुमा सञ्चालनमा आएको पानीमाथि चलाउने ‘वाटर साइकल’ पर्यटकको रोजाइमा परेको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको वाटर साइकल पछिल्ला दिनमा पर्यटकको रोजाइमा परेको हो । बाइकमा एकजना बराबर १५ मिनेटको दुईसय शुल्क लाग्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको