कोरोना कहर : भगवान भरोसामा हामी

– टीकाप्रसाद भट्ट

कोरोनाको संक्रमण फैलिएको बेला कोहि कसैलाई जिउ अलि तातो हुनुु हुदैन । हाछ्यु त गर्नै हुदैन । ग्यांष्टिकले श्वास फेर्न गाह्रो भयो भने पनि झन काण्डै पुग्यो । कोभिड १९ को चपेटाले हरेकको मानसपटल उथल पुथल छ । ज्वरो आयो कि कोरोना । स्वास बड्यो कि कोरोना अनि अलिकती खोक्यो कि कोरोना ।

अस्पतालमा विरामी पुग्दा लडाईको सेनाले जसलाई पनि शत्रु देखेझै गर्छन स्वास्थ्यकर्मी । सवैलाई कोभिड १९ कै शंकाले हेरिन्छ । होस, नहोस सवै संधिग्न छन् । अझ कसैको धेरै लक्षण मिल्यो भने त अरु के चाहियो । त्यसैको वरीपरी नै सबैको दिमाग घुमिरहेको हुन्छ । कौतुहलता हुन्छ । न हो कि ? भन्ने शंका हुन्छ ।

कोरोनाको कहर सुरु भएपछि केहि घटना त्यस्तै प्रकृतिका भए । कोरोनाको आशंका गरिएका व्यक्तिको स्वाब परिक्षणको प्रतिवेदन नआउदासम्म अधिकांशको नौनारी गले । फत्याकफुतुक । मरिने पो हो कि ? आई नै सक्यो कि ? मैले क–कसलाई छोए ? कस्ले मलाई छोएको थियो ? आदि कुरा मनमा खेलाएर मानिसहरु बेचैन भए । ढुकढुकी बढ्यो । अघीपछि लकडाउनको पर्वाह नगरी बजारमा निस्कनेहरु दिनभर घरमा सुते । फोनमा घण्टौ झुण्डिएर त्यसै विषयमा खोजबिन सुरु भए । त्यो कहाँ गएको थियो ? कताबाट आयो ? के गरेको थियो ? घरका अरु को को छन् र ती कहाँ छन् ? तिनलाई वरीपरीको मानिसले भेटेको थियो, थिएन ? त्यसले पो सार्ला कि ? यस्तै यस्तै । जव प्रतिवेदन नेगेटिभ आएको भन्ने खवर फैलियो फेरी सबै निश्चिन्त बने । मानौ कोरोनाको अब खतरा कतै छैन । सबै सकुशल छन् । जो जहाँसुकैबाट आएका हुन । कसैको चासो हुदैन समाजमा । जो जहाँ जाओंस कि आओंस ।

कोरोना भाइरस देखिदैन । यसले आफ्नो र अरुको भन्दैन । प्यारो छोराले आफ्नी जन्मदिने आमालाई कोरोना सारिरहेको हुन्छ । अनि आमाले छोरालाई । कताबाट कोरोना आयो भन्ने कुराको टुंगो मान्छेले पाउदैन । अझ यो भाइरस संक्रमण हुनका लागि संक्रमित मानिसको थुकको छिटाले भेट्नु भन्दा बाहेक अन्यमा आउदैन भन्दिए पनि त लु भैगो, मानिस टाढै बस्थे । जोगिन्थे । तर त्यो कुराको पनि टुंगो छैन । दुध र तरकारीको प्लाष्टिक, औषधि प्याक गरेको कागज, खाद्यान्न र राहत बोकेको थैलो । संक्रमितले टेकेको भुई , छोएको भित्तो, फलाम, स्टिल, हरीयो तरकारी, कपडा के के हो के के । सबैमा कोरोनाको जिवाणु बाँच्न सक्ने र त्यो पनि घण्टौ घण्टासम्म भन्ने कुराले संक्रमितले धेरैलाई भाइरस सार्ने कुरा पक्का छ । महिनौसम्म पुग्ने सामान कसैको घरमा छैन । विरामी नहुने कोहि छैन । औषधि र सामान किन्न निस्कदा कोरोना बोकेर घर कोहि सदस्य पुग्यो भने त्यसले घरबाट निस्कदै ननिस्कनेलाई समेत भ्याउने पक्का छ । त्यसैले त विकशित पश्चिमा मुलुकमा धेरै कोरोनाले मरेका र संक्रमित भएका छन् । उनीहरुले सक्दा हुन त यस्तो कुराबाट टाढै रहन्थे । हामी भन्दा धेरै शिक्षित छ, उनीहरुको मुलुक ।

हाम्रो मुलुक गरिव छ । साक्षरता दर पनि कमै छ । गाउँ मा धेरैजसो त सरकारले जबरजस्ती बनाएका साक्षर छन् तर तिनले आफ्नो कुरा मरीगए पनि छोड्दैनन् । अघिपछिको जस्तै ढिपी छदैछ । कोरोना आउछ भन्ने कुरामा अव तिनलाई संन्देह भइसकेको छ । बाहिर के भएको भन्ने कुरा उनीहरु नियालिरहेका छैनन । उनीहरु तथ्यांक केलाउदैनन र रोग फैलने त्रासका बारेमा त्यति जानकारी पनि राख्दैनन । उनीहरुलाई सानामा कसैले सुनाएको बाघ आयो , बाघ आयो भन्ने कथा जस्तो भएको छ यो कोरोना । आज आउला आउदैन, भोलि आउला आउदैन । त्यसैले धेरैको अब धैर्य गुमिसकेको छ । लकडाउनको महिना दिन गुज्रिदासम्म सबै काम काज ठप्प पारेर बसेकाले अबका दिनमा लकडाउनको जंजिर तोड्ने पक्का जस्तै छ । धेरैलाई त परिवारको पेट पाल्नका लागि पनि अब लकडाउनले रोक्न सक्दैन । राहत मिलिहाल्यो भने १५ किलो चालमले कति दिनसम्म चल्ने हो र ? यस्तो अवस्थामा संक्रमणको त्रास अबका दिनमा उच्च भएर जाने त्रास बढेको छ ।

हाम्रो अवस्था के ?

हामी यो बेलासम्म भगवान भरोसामा छौं । कोरोनाको औषधि अहिलेसम्म पत्ता लागेको छैन । संक्रमित भएको अवस्थामा विरामीलाई बचाउनका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर नै अहिलेको मुख्य साधन हो । त्यसैको सबैभन्दा ठुलो भर मान्नुपर्ने अवस्था छ । तर हाम्रो मुलुकमा भेन्टीलेटर छैन भन्दा पनि हुन्छ । ३ करोड जनसंख्या भएको देशमा २ सय जति त भेन्टीलेटर छैनन् भने के भएको मान्नु ? देशभरिका अस्पतालहरुमा २ सय भन्दा कम भेन्टीलेटर रहेको तथ्यांक छ । माहामारीमा उक्त संख्याको भेन्टीलेटरको कुनै हिसाबै हुदैन । संक्रमित सबैलाई र त्यो पनि हप्तौसम्म भेन्टीलेटरमा राख्नुपर्ने हुन्छ । जव भेन्टीलेटर पाउदैन , विरामी बचाउन सकिदैन ।

अझ पहिलो कुरा त ग्रामिण र दुर्गम क्षेत्रमा वसोवास रहेको हाम्रो जस्तो मुलुकका विरामीले भेन्टीलेटर भएको अस्पताल सम्म पुग्न नै कठिन छ । अव बर्षा लाग्यो । पानी परेको अवस्थामा ग्रामिण सडकहरु संचालनमा रहदैनन । एम्बुलेन्स प्रयाप्त छैनन । भएपनि सबै स्थानमा पुग्ने सम्भावना बर्षायाममा हुदैन । त्यस्तो अवस्थामा सुविधा सम्पन्न अस्पतालमा पुग्नै नपाई ग्रामीण क्षेत्रका बासिन्दाले ज्यान गुमाउनु पर्ने बाध्यता आईपर्छ ।

धेरै जसो जिल्लामा कुनै सुविधा छैन । जिल्ला अस्पतालहरुमा एउटै छैनन् भेन्टीलेटर । शहरी क्षेत्र बाहेकका निजी क्षेत्रका अस्पतालमा झन हुने कुरा भएन । धेरै जसो जिल्लामा अक्सिजन उत्पादन गर्ने साधन छैन । काठमाण्डौंबाट ल्याएका केहि सिलिण्डर प्रयाप्त हुदैनन । सकिए तत्काल अक्सिजन फेर्ने ठाउं छैन । अझ त्यसमाथि जिल्ला अस्पताल र केहि स्वास्थ्य संस्थामा बाहेक अक्सिजन सिलीण्डरनै सबै स्थानमा हुदैनन् ।

हामीसंग भाइरसको रोकथामका लागि विशेष शिक्षा लिएका विशेषज्ञ छैनन् । जनरल मेडिसीन चलाउने चिकित्सकले ज्यान फालेर काम गरेपनि जस पाउने संभावना छैन् । जब साधन श्रोत नै छैन भने तिनले जस पाउने कुरा पनि भएन । भगवान भरोसा कोहि बाँचीहाले भने तिनले दिएको आषिश पाउलान , त्यत्ति हो ।

रोग फैलिएको झण्डै ४ महिना बितेको छ । तर स्वास्थ्य संस्थामा सरकारले प्रयाप्त साधन श्रोत उपलव्ध गराउन सकेको छैन । सामान्य भन्दा सामान्य पिपीई, थर्ममिटर र मास्क समेतको प्रयाप्तता हाम्रो स्वास्थ्य संस्थामा छैन् । कोहि मास्क माग्न गयो भने हाम्रोमा अहिले पाईदैन । यो अवस्थाको मुलुकले त्यस्तो भयाबह रोग थाम्ने र त्यसलाई जितेर नागरिकलाई पार लगाउने कुरा चानचुने होईन ।

स्वास्थ्य संस्थामा पूर्वाधार, औषधि उपकरण र सीप हाम्रा मुख्य समस्या हुन् । ति अहिले ओझेलमा परेका छन् । बेला पनि त्यस्तै छ के गर्ने ? के नगर्ने ? सबै तिर अन्यौल छ । यो गर्दा होला कि या उ पो गर्दा होला कि भन्ने अन्यौलमा सबै कुदेका छन् । सबैको चाहना छ, कोरोनाबाट बच्ने र बचाउने । तर यस्तो हतारो र दौडधुपमा पनि हामीले केहि काम गरीरहेका छैनौं भन्ने संदेश पनि गइरहेको छ । पिपीई, मास्क र सामान्य औषधि बाहेक हामीले केहि गर्न सकेका छैनौं । बरु राहत बाड्न थालेका छौं । कसैलाई पक्कै पनि राहत र खानाको समस्या छ, नभएको हैन, तर धेरैको राहतको नाममा सरकारको भण्डार रित्याउने खेल भइरहेको छ । स्थानीय सरकारको करोडौं रुपैया दाल चामल किन्दैमा सकिदैछ । कोरोना आउँदाको अवस्थामा झिक्ने विपत कोष सायद रित्तो पारिदैछ ।

समग्रमा भन्नु पर्दा यस्तो अवस्थामा हामीमा कोरोनाको संक्रमण दर उच्च भैहाल्यो भने प्रधानमन्त्री केपि ओलीले भनेझै कोरोनाको बोसिय पदार्थ न तातोपानीले सिध्याउछ, न उपयुक्त औषधि तयारी नै हामीमा हुनेछ । हामी भगबान भरोसामा छौं र फेरी पनि उहि भगबान भरोसामा नै बांच्नेछौं । यो भन्दा धेरै आशा नगरौं ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको