चितवनमा राहत वितरणमा अनियमितता, निर्णय २० केजीको वितरण १० केजी

शिशिर सिंखडा, चितवन – चितवनको कालिका नगरपालिकामा राहत वितरणमा अनियमितता भएको पाइएको छ । नगरपालिकाले निर्णय विपरित आफूखुसी राहत वितरण गरिएपछि अनियमितताको पुष्टि भएको हो ।
नगरपालिकाले सानो परिवारलाई १० केजी चामलसँगै नुन, दाल, तेल दिने र ठूलो परिवारकोलाई २० केजी चामल दिने निर्णय गरेको भएपनि त्यसो नगरी राहात बितरण गरिएको पाईएको छ ।

नगरपालिकाको वडा नम्बर ११ सिद्धिका अधिकांश चेपाङहरुले १० केजी मात्रै चामल पाएका छन् ।  ६ देखि १२ जनासम्मको ठूलो परिवार बसोबास रहेको चेपाङमा वडाले २० केजी पाउने भन्दै नामावली संकलन गरेको भएपनि आफुहरुले १० केजी मात्रै चामल पाएको स्थानीयको गुनासो छ ।

वडा नम्बर ११ मा सुरुमा २ सय २० जना राहात पाउन योग्य रहेको भएपनि हाल कतिलाई वितरण गरियो भन्ने कुनै विवरण छैन । यस बिषयमा उक्त वडाका वडाध्यक्ष दामाराम चेपाङले प्रोफाइलमा ३ सय २७ घरधुरी भएपनि यहाँ ४ सय २७ घरधुरी रहेका कारण मिलाएर बाँडेको बताए ।

सुरुमा आफ्नो नाम र नागरिकताको फोटोकपी लगेको भएपनि पछि छिमेकीले पाएको २० केजी चामल बाढेर खान परेको स्थानीय सानु माया चेपाङको गुनासो छ । यसरी नामावली संकलन गर्नु र पछि छिमेकीले पाएको राहत आधा आधा बाँढेर खानु परेको भन्दै स्थानीयले पटक पटक गुनासो गरेका थिए ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको