काठमाडौ – लकडाउनका कारण काठमाडौमा अलपत्र परेका मन्थली नगरपालिका वडा नम्बर १३ र १४ फुलासीका नागरिकलाई चन्द्र वाईबाले मंगलबार साँझ गाडीकाे व्यवस्था गरी घर पठाएका छन् ।
काेराेना भाइरस (काेभिट १९ ) संक्रमणकाे खाेजिमबाट जाेकिनका लागि सरकारले बैशाख ११ गतेबाट लागू गरेकाे लकडाउनका कारण विभिन्न कामकाे सिलसिलामा काठमाडौ आएर बसेका मन्थली नगरपालिकाका २०० भन्दा बढि मजदुरलाई ४ वटा गाडीको व्यवस्था गरेर घर पठाएकाे वाइबाले जानकारी दिए ।
लकडाउनकाे समयमा आवातजावत बन्द भएसगै काठमाडौमा डेरा गरि बसेकाहरु विभिन्न समस्या झेलेर बसिरहेका बेला मंगलबारबाट नगरपालिकाले उपत्यकामा फसेकाहरूलाई गाउँ आउन गाडी पासकाे व्यवस्था गरेसँगै उनीहरुलाई घर जाने व्यवस्था वाईबाले मिलाइदिएका हुन् ।