आहा ! मनै लोभ्याउने पर्यटकीय स्थल मानुङकोट (फोटो फिचर)

तनहुँको व्यास नगरपालिका-५ मा रहेको मानुङकोट पहाडको नाम मात्र होइन, एउटा स्वर्गको टुक्रा हो । स्वर्गको अनुभुति गर्न जाडो मौसमामा मानुङकोट पहाड जानु पर्दछ । बिहान सबेरै जब सूर्यको किरणले हिमाललाई चुम्बन गर्दा, बादलले दमौली बजारलाई ढाकेको दृश्य देख्दा हामी कतै स्वर्गको ठाउँमा आएको अनुभुती गर्न सक्दछौ ।

मानुङकोट पहाडको सौन्दयतालाई शब्दमा मात्र बर्णन गर्न खोज्नु पयाप्त हुदैन । मानुङकोट बाट मनमोहक सूर्यदय, सूर्यास्त र अन्नपुर्ण हिमश्रीखलाहरुको दृश्य अवलोकन गर्न उपयुक्त गन्तब्य हो । जब सूर्यको घाम डुब्दै जान्छ र बिस्तारै चम्कीदै गइरहेको दमौली बजार, आफ्नो गन्तब्यमा गइहेको सवारी साधनहरुको दृश्यहरु अवलोकन गद्र्रा आफै प्रकृतीमा हराएको अनुभब हुन्छ ।

ओझेलमा परेको मनुङकोट अहिले सामाजिक संजालको प्रभाब कारण आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमन दिनदिनै बढ्दै गइरहेको छ ।

तनहु जिल्लाको दमौली बजारको दक्षिण पश्चिमा मानुङकोट पहाड अवस्थित छ । समुन्द्री सतहबाट १०८० मिटर माथी उचाइमा अवस्थित छ र काठमाडौँबाट १५० किलोमिटर र पोखराबाट ४३ किलोमिटर दुरी रहेको छ ।

पूथ्वी राजमार्गबाट मनुङकोट पहाड पुग्न करिब ३० मिनेटको सवारी साधनको यात्रा गरेर पुग्न सकिन्छ । मानुङकोटमा पर्यटकहरुको आगमन हुनु भन्दा पहिले खानेपानीको अभाबका कारण गाउँलेहरु तल दमौली बजार बसाइ सरेर गएका थिए।

मानुङकोट आन्तिरीक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेपछि गाउँ छोडेर गएका गाउँलेहरु बिस्तारै फर्किएर नयाँ होटेल तथा चिया पसलरु खोल्न गर्न थालेका छन । गाउँलेहरुमा पर्यटकहरुको आगमनसँगै आय स्रोत बढ्ने आशा पलाएको छ । अहिले गाउँलेहरुले टयान्करको माध्यमबाट खानेपानीको ब्यवस्थापन गरेका छन ।

अन्य बिकासका पुर्बाधारहरु पनि निर्माण हुँदै गएका छन । दृश्य अवलोकन गर्न भ्यु टावरको निर्माण भइसकेको छ । तल पूथ्वी राजमार्गदेखि माथिसम्म कालोपत्रे सडक निमार्ण भइरेको छन, जसले गर्दा यात्रा सहज र खानेपानीको ढुवानी सम्भब भएको छ । मानुङकोटमा पर्यटकहरु रात बस्नको लागि होटेलहरु खुलेका छन र बाहिर क्याम्पिङ बस्न चाहनेहरुका लागि क्याम्पिङ सुविधा उपलब्ध रहेको छ ।

पर्यटकहरुले स्थानिय परम्परागत उत्पादन भएको खानाको स्वाद लिन सक्छन । छोटो समयको रिफ्रेसमेन्टको लागि कुनै नयाँ रमणीय ठाँउ जाने खोजिरहनु भएको छ भने मनुङकोट पहाड गन्तब्य बन्न सक्छ ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको