लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरिय समितिलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन जारी रहने तर यसबारे केही सोच्न जरूरी रहेको बताएको एक मन्त्रीले बताए।

शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने समन्वय समितिमा समेत रहेका ती मन्त्रीले जानकारी दिए।

‘कृषिमा कसरी काम गर्ने अहिलेको समस्या त्यो भएको छ। शिक्षामा कसरी अगाडि बढ्ने भन्ने छ,’ ती मन्त्रीले भने,’सुरक्षालाई ध्यान दिएर कतिपय निर्माणका कामहरू कसरी अगाडि बढाउने भनेरसमेत सोच्ने बेला आएको छ। जेठ १५ मा बजेट ल्याउनु पर्नेछ।’

शनिबार उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी तयार पार्ने भए पनि आइतबारसम्म बस्ने मन्त्रिपरिषदले त्यसलाई अन्तिम रूप दिने ती मन्त्रीले बताए।

‘अहिले नै लकडाउन हटाउन सकिँदैनजस्तो लाग्छ। किनकी सर्लाही उदयपुर भोजपुरलगायतका ठाउँमा कोरोना देखिएको छ,’ उनले भने, ‘लकडाउनको मोडालिटी यस्तै हुन्छ भनेर म भन्न त सक्दिनँ तर अहिले भइरहेकोमा केही फरक हुनसक्छ। यसबारे अन्तिम निर्णय भने भोलि र पर्सिमा बस्ने मन्त्रिपरिषद बैठकले गर्छ।’

प्रधानमन्त्री ओलीले यो बीचमा बिभिन्न देशका प्रबुद्धहरूसँग कुराकानी गरेर त्यहाँ रहेका नेपाली श्रमिकहरूबारे जानकारी लिएकोसमेत बैठकमा बताएका थिए।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको