लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरिय समितिलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन जारी रहने तर यसबारे केही सोच्न जरूरी रहेको बताएको एक मन्त्रीले बताए।

शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने समन्वय समितिमा समेत रहेका ती मन्त्रीले जानकारी दिए।

‘कृषिमा कसरी काम गर्ने अहिलेको समस्या त्यो भएको छ। शिक्षामा कसरी अगाडि बढ्ने भन्ने छ,’ ती मन्त्रीले भने,’सुरक्षालाई ध्यान दिएर कतिपय निर्माणका कामहरू कसरी अगाडि बढाउने भनेरसमेत सोच्ने बेला आएको छ। जेठ १५ मा बजेट ल्याउनु पर्नेछ।’

शनिबार उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी तयार पार्ने भए पनि आइतबारसम्म बस्ने मन्त्रिपरिषदले त्यसलाई अन्तिम रूप दिने ती मन्त्रीले बताए।

‘अहिले नै लकडाउन हटाउन सकिँदैनजस्तो लाग्छ। किनकी सर्लाही उदयपुर भोजपुरलगायतका ठाउँमा कोरोना देखिएको छ,’ उनले भने, ‘लकडाउनको मोडालिटी यस्तै हुन्छ भनेर म भन्न त सक्दिनँ तर अहिले भइरहेकोमा केही फरक हुनसक्छ। यसबारे अन्तिम निर्णय भने भोलि र पर्सिमा बस्ने मन्त्रिपरिषद बैठकले गर्छ।’

प्रधानमन्त्री ओलीले यो बीचमा बिभिन्न देशका प्रबुद्धहरूसँग कुराकानी गरेर त्यहाँ रहेका नेपाली श्रमिकहरूबारे जानकारी लिएकोसमेत बैठकमा बताएका थिए।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको