अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो अब सांसद अपहरण गर्नेलाई कारबाही गर्नुस् : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकाेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

आज बालुवाटारमा सम्पन्न भेटवार्तामा सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा विवादका कुनै कुरा नल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए।

‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ,’ उनले प्रधानमन्त्रीलाई भने, ‘तर, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरी उठेको छ। मेरो माग यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ।’

पछिल्लो पटक राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री ओली विवादमा तानिएका थिए। सरकारले गत सोमबार जारी उक्त अध्यादेशप्रति प्रतिपक्षी दल कांग्रेसले कडा विरोध जनाएको थियो।

यद्यपि, आफ्नै दल नेकपा तथा प्रतिपक्षीसहित अन्य दलको विरोधका कारण प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठकमार्फत् दुवै अध्यादेश फिर्ता लिने निर्णय गराएका थिए। दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छन्।

प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका देउवाले काेराेना परीक्षणलाई थप व्यापक बनाउन र समुदायस्तरमा परीक्षण गर्न ढिला नगर्न सुझाव दिए। ‘स्वास्थकर्मीहरुलाई पिपिईलगायतका सामग्री अझै पर्याप्त पुगेको छैन। यथासिघ्र पुर्‍याउनुपर्‍यो,’ उनले भने, ‘स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ।’

सभापति देउवाले श्रमिकलाई खानाकाे व्यवस्था गरिदिन वा गाउँ जान दिनन प्रधानमन्त्री ओलीसँग आग्रह गरे। ‘राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन। श्रमिक, वेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्,’ उनले प्रधानमन्त्रीसँग भने।

विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाएर देशलाई योगदान गरेकाे उल्लेख गर्दै देउवाले अहिले अप्ठ्यारोमा परेकाले सरकारकाे सहयाेग जरुरी रहेकाेमा जाेड दिए। अप्ठ्याराे स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना बनाएर कार्यान्वयन गर्नसमेत उनले माग गरे।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको