सराङकोटबाट सूर्योदयसंगै मनोरम हिमश्रृखला नियाल्दा (फोटो फिचर)

पोखरा – पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा पर्ने गर्दछ। त्यहाँको अर्को गन्तव्य भनेको अन्नपूर्ण केवलकार चढेर सराङकोट डाँडाबाट सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्नु पनि हो ।

केवलकारबाट फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली लगायतका हिमाल श्रृखला, पुम्दीकोट महादेवको मूर्ति, विश्व शान्ति स्तुपाः, पोखरा लगायतको मनोरम दृश्य पनि अवलोकन गर्न सकिने छ।

समुद्री सतहबाट एक हजार ४५० मिटर उचाइमा रहेको सराङकोट सूर्योदय, हिमश्रृखला अवलोकनका हिसाबले महत्त्वपूर्ण छ। यहाँबाट पोखराको भौगोलिक बनावट, फेवाताल, माछापुच्छ्रे हिमालले छ्याङ्गै देखिन्छन्।

सराङकोट पर्यटकको रोजाइमा पर्नुको प्रमुख कारण अन्नपूर्ण केबलकार। लेकसाइडबाट गाडीमा एक घण्टा लाग्ने सराङकोट अहिले पोखरा महानगपालिका-२६ स्थित सेदीमा अन्नपूर्ण केबलकार बनेसँगै १० मिनेटमै पुगिन्छ। केबलकारले पोखराका लेकसाइड र सराङकोटको दूरी मात्रै घटाएको छैन, पर्यटकका लागि सजिलो पनि बनाएको छ।

सराङकोटमा बासको पनि राम्रो व्यवस्था छ। साना-ठूला गरी ४० जति होटल छन्। पोखराभन्दा सराङकोटमै रात बिताउने पर्यटकको संख्या बढ्दै गएको छ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको