पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएको छैन : प्रवक्ता देवकोटा

काठमाडौं – कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन।

कोरोनाको आशंकामा नेपालमा परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय ७० जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४, बागमतिमा ७ हजार ४ सय ६७, गण्डकीमा ४ हजार ८ सय ७१, प्रदेश ५ मा २ हजार ९ सय ५०, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २ सय ४ जनाको आरडिटिबाट कोरोनाको परीक्षण भएका छन्।

कुल संक्रमित ४९ जनामध्ये हालसम्म १५ जना उपचारपछि निको भएका छन्। उपचाररत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

काठमाडौं उपत्यकामा ३ र बाहिर ८४ गरी कुल ८७ जना आइसोलेसनमा छन्। १४ हजार ७ सय ३१ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको