उपत्यकामा फसेका तीनपाटन गाउँपालिका ६५८ जनालाई गाउँपालिका अध्यक्षले गरे उद्दार

सिन्धुली –  कोरोना भाइरसको फैलिन नदिन सरकारले देश लकडाउन गरेको कारण उपत्यकामा फसेका सिन्धुली तिनपाटन गाउँपालिका मजदुर, विद्यार्थी र सर्वसाधरण गाउँपालिकाले उद्दार गरेको छ ।

राजधानीमा अलपत्र परेका मदजुर, विद्यार्थी तथा सर्वसाधरणलाई तिनपाटन गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको हो । गाउँपालिकाले नै आर्थिक खर्च व्यहोर्ने गरी गाडिको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो ।

तीनपाटन गाउँपालिकाको अनुसार  ‘काठमाडौंमा अलपत्र परेका सर्वसाधरणलाई नौ वटा बसको व्यवस्था गरी ६५८ जनालाई सिन्धुली ल्याईएको छ । गाउँपालिकाको वडा नं ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पठाउने गरिएको छ । उपत्यकाबाट आएका सर्वसाधरणहरु १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ । त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परिक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ ।’

त्यस्तै एकसय ५० भन्दा बढी गाउँपालिकाको सम्पर्कमा आएका पोखरामा रहेका नागरिकलाई लिन तिनपाटन गाउँपालिकाले आज तीनवटा बस पोखरा पठाएको छ ।

तिनपाटनको तीन नम्बर वडाअध्यक्ष लाल बहादुर स्याङतानले काठमाडौंमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनिहरु बसिरहेको घरमानै राहत स्वरुप खाद्यान्न पठाएका बताए । हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारी समेत उनले जानकारी दिए ।

तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्न समेत अनुरोध गरेका छन्  ।

काठमाडौं लगायत अन्य क्षेत्रमा पेशा, तथा व्यवसाय गर्न पुगेका नागरिकहरुलाई ल्याउने तयारीको विषयमा गाउँपालिकाले छलफल गरिरहेको छ ।

 

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको