पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदर्शनी (तस्वीरहरू)

नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाण्डौमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी (Nepal/Shandong (Binzhou) Cultural Week and Shandong Photography Exhibition) शुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ राजदुतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु)फोटोग्राफि एशोसिएसनको आयोजनामा शुरु भएको प्रदशनी एक सातासम्म चल्ने छ ।

चिनीयाँ नयाँवर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रर्दशनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रही आएको उल्लेख गर्दै फोटो प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

‘ नेपालको पर्यटन प्रर्वद्धन गर्न हामीले चिनीयाँ दुतावाससंग मिलेर विभिन्न कार्यक्रम आयोजना गरेका छौं । जसको कारण पनि नेपालमा आउने चिनीयाँ पर्यटकको संख्या निरन्तर बढ्दै गईरहेको छ । चिनीयाा नयाँ वर्षको सनर्दभमा आयोजना गरिएको यो फोटो प्रर्दशनीले पनि एक देशले अर्को देशका पर्यटकीय गन्तव्य तथा त्यहााको संस्कृति चिन्ने मौका मिल्ने तथा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं । ’ उनले भने  ।

यस्तै नेपाल स्थित चिनीयाँ दुतावासका काउन्सिलर से यू (Xie yu) ले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफि एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, फोटो पत्रकार महासंघका अध्यक्ष हरि प्रसाद रेग्मी लगाएतले यस प्रकारको फोटो दुवे देशमा आयोजना गर्न सके दुर्व देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए। फोटो प्रदर्शनीमा साङदोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।

तस्वीरहरू: प्रदीपराज वन्त

सिफारिस

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

धेरै पढिएको