- घनश्याम श्रेष्ठ
काठमाडौं – वसन्त ऋतुको आगमनसँगै मौसमी फूलले यतिबेला उपत्यकाका सडक अनि घर आँगनका गमलाहरू रंगिएका छन् । फुलेको फूल देखेर जो कोहिको मन आनन्दित हुन्छ ।
फूलले सौन्दर्य मात्रै होइन खुल्ला आकाशमा दिल खोलेर हाँस्न पनि सिकाउँछ । मानिसहरुलाई प्रकृतिले दिएको सबै भन्दा सुन्दर र बहुमूल्य उपहार हो, फूल ।

