खसीको मासु प्रतिकिलो १५ सयमा बिक्री गर्नेलाई दुई लाख जरिवाना

ललितपुर- खसीको मासुलाई प्रतिकिलो १५ सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ।

चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री वितरण गरेको पाइएकाले दुई लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्य सूचीसमेत नराखेको पाइएकाले जरिमाना गरिएको हो।

नियमित बजार अनुगमनका क्रममा शनिबार चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि दुई लाख जरिमाना गरिएको हो। उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा औषधालयमा अनुगमन गरिएको थियो।

विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको २० लिएको सो औषधालयले खरीद बिलसमेत देखाउन नसकेपछि कारवाही गरिएको जानकारी उनले दिएका छन्।

यसैगरी त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारवाहीस्वरुप पचास-पचास हजार रूपैयाँ जरिमाना गरिएको छ।

उक्त हाउसमा मूल्य सूची नभएको भन्दै जरिमाना गरिएको विभागले बताइएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिमाना गरिएको विभागले जनाएको छ।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको