सुर्खेत – नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशको समन्वयमा लकडाउनका कारण सुर्खेतमा अलपत्र श्रमिकहरुको उद्घार गर्नुका साथै खाजा पानीको व्यवस्था गरेका छन् । लामो समयदेखि लकडाउनमा फसेका श्रमिकहरु लकडाउन अझै लम्बिने देखेपछि हिडेरै आ-आफ्ना गन्तव्य जाने सुरसार गर्दै थिए ।
यहि बिचमा युनियनको कर्णाली प्रदेशले ट्रेड युनियन कांग्रेस सुर्खेत , निर्माण सम्बद्ध श्रमिक संघ लगायत ट्रेड युनियन कांग्रेससंग आबद्ध विभिन्न संघहरुसंग छलफल गरि थोरै थोरै रकम संकलन गरि यातायातको व्यवस्था गरेको हो । संकलित रकमबाट अपुग बाँकी रकम श्रमिकले पनि केहि मात्रमा व्यहोरेका थिए ।
तराईका विभिन्न जिल्ला बारा,पर्सा बाके र बर्दियाबाट सुर्खेत आएर विभिन्न क्षेत्रमा मजदुरी गरि बसेका श्रमिकहरुलाई यातायातको व्यवस्था गरि उद्घार गर्नुकासाथै ६२ जनालाई खाजा र पानी समेत वितरण गरेको प्रदेश अध्यक्ष गोपाल गिरीले जानकारी दिए ।
