काठमाडाैं – विश्वव्यापी फैलिएकाे काेराेना महामारीले गर्दा हाल देशभर जारी भइरहेकाे लकडाउनकाे प्रभाव हाेस्टल व्यवसायीमा पनि परेकाे छ । यससँगै ‘कोरोनाको असर र होस्टल व्यवसायको अवस्था’ बारे विभिन्न होस्टल व्यवसायी र व्यवसायसँग आवद्द व्यक्तिहरुबीच छलफल भएकाे छ ।
हाम्रोहोस्टल डटकमले आयोजना गरेको यसबारे अनलाईन बहस कार्यक्रममा विभिन्न क्षेत्रका होस्टल एशोसियसनसँग सम्बन्धित व्यक्तिहरु पनि सहभागी भएका थिए ।
अहिले लगभग धेरै व्यवसायीहरुले सरकार एवं एशोसियसनको सूचना बमोजिम विद्यार्थी र कर्मचारीलाई व्यवस्थित गरेर होस्टल बन्द नै राखेका छन् ।
‘घर भाडाको मारले होस्टलनै वन्द गर्नु पर्ने अवस्था सृजना हुंदैछ यस्तो अवस्थामा व्यवसायीलाई यो महामारीको प्रभाव र परिस्थितिमा सुधार नआए सम्म घर भाडामा ५०% छुट र सरकारले घर धनिहरुलाई व्याज,कर,विजुलीमा केहि छुट दिएर सवैलाई बाच्ने र बचाउने बाटो अवलम्वन गर्न जरुरी छ’- व्यवसायी गाेविन्द गिरीले बताए ।
त्यस्तै काेराेना महामारी रोकथामका लागि होस्टल व्यवसायी एवं एशोसियसनले आफ्नाे तर्फबाट सक्दाे पहल र सहयोग गरेकाे छ । एशोसियसनकाे अनुसार सरकार एवं एशोसियसनको सूचना बमोजिम विद्यार्थी र कर्मचारीलाई व्यवस्थित गरेर होस्टल बन्द गरिएकाे छ । होस्टल व्यवसायीहरु आफु घरभाडामा छुट चाहेको तर घरधनीलाई नै असर गर्ने गरि भने माग नरहेको हाेस्टल एशोसियसन काभ्रेका अध्यक्ष बिष्णु लामा तथा काठमाडाैंका काेषाध्यक्ष चन्द्र प्रकाश मिश्रले बताए ।
विराटनगरमा स्थानीय सरकारलाई क्वारेन्टाइन र आईशोलेसन बनाउन सहयोगका लागि ३ वटा होस्टल प्रधान गरिएको, होस्टलमा भएका विद्यार्थीलाई यातायातको सुबिधा दिएर घरसम्म पुर्याइएको र राहत वितरणमा सहयोग गरिएको मोरङबाट एशोसियसनका अध्यक्ष बिक्रम देवले जानकारी दिए ।
यसैगरी सरकारको व्यवस्थापन समितिलाई आवश्यक परे अनुसार नेपाल भरि रहेका होस्टलहरुबाट आईशोलेसनका लागि एक हजार बेडको सेट प्रदान गरिने, तथा सरकारलाई आवश्यक परे काठमाडौं उपत्यकाका होस्टल भएका घर समेत क्वारेन्टाइनका लागि प्रधान गरिने काठमाडाैं एशोसियसनका बरिष्ठ उपाधक्ष्य अरुण पराजुली र ललितपुर एशोसियसनकी कार्यबाहक अध्यक्ष्य निमा श्रेष्ठले बताए ।
चितवन जिल्लाको कोरोना अस्पतालको अनुरोधमा चितवन एशोसियसनले करिब १२० वटा बेड अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता दिएको चितवन एशोसियसनकी कोषाध्यक्ष आरती शाहले जानकारी दिइन् ।
त्यसैगरि, हाम्रोहोस्टल डटकम र रेलिश हेल्थ केयरको सहकार्यमा विद्यार्थी एवं अभिभावकको स्वास्थ समस्यालाई समाधान गर्ने उद्देश्यले अनलाईन परामर्श दिइरहेको डा आलोक दास र दिबेश अमात्यले जानकारी दिए ।
एशोसियसन एवं व्यवसायीहरुको सरकारसँग अनुरोध र माग
जस्तो अवस्था भएपनि लगभग सबै बिषयलाई लिएर व्यवसायी एवं एशोसियसन सकारात्मक र आशावादी छन् तर केहि कुरा यस्ता छन् जुन सरकारी एवं माथिल्ला निकायबाटै गरिनु पर्ने जरुरी रहेकाे एशोसियसनले जनाएकाे छ ।
विद्यार्थीहरुलाई केहि छुट दिन होस्टल व्यवसायीहरु तयार छन् तर आफै घाटामा रहेर छुट दिन भने नसकिने उनीहरूले गुनासाे गरेका छन् । त्यसका लागि उनीहरूलाई सरकारकाे राहतकाे खाँचाे छ ।
अब व्यवसायीहरुलाई पुनः होस्टल संचालनमा ल्याउन सहुलियत कर्जाको व्यवस्था गरिनु पर्ने, होस्टललाई आवश्यक पर्ने खाद्यान्नको आपूर्तिमा सहजता र महंगीलाई समाधान गर्नु पर्ने, घरभाडा तथा सरकारलाई तिर्नु पर्ने करमा केहि छुटकाे आवश्यकता रहेकाे उनीहरूकाे सरकार समक्ष माग छ ।
देशैभरी होस्टलहरुको अनुगमन तथा व्यवस्थापन गर्ने क्रममा देखापरेका समस्यालाई विशेष गरि कानुनी रुपमा रजिस्टर नभै चलाईएका होस्टल रहेकाे उनीहरूले सुनाएका छन् । त्यसैले अब होस्टल संचालनमा पनि विशेष नीति नियम बनाउनुपर्नेमा सबै व्यवसायीहरुले जोड दिएका छन् ।
यसका साथै, डा.आलोक दासले अहिलेको अवस्था, सुरक्षाका लागि अपनाउनु पर्ने सावधानी, होस्टलमा हुन सक्ने खानपिनमा सुधार र विद्यार्थी तथा कर्मचारीको स्वास्थ सुरक्षाका लागि सल्लाह सुझाब दिएका छन् ।
त्यस्तै, वित्तीय क्षेत्रको अवस्थालाई प्रष्ट पार्दै होस्टल व्यवसायको आर्थिक अवस्थामा आउन सक्ने समस्या र यसलाई सुधार गरेर कसरी अगाडी लैजान सकिने हाम्रो होस्टल डटकमका सीईओ दिवेश अमात्यले बताए ।
होस्टल व्यवसायी र एशोसियसनको तर्फबाट विद्यार्थीहरुलाई मिल्ने र दिन सक्ने छुट र सहयोगको लागि सबै होस्टल व्यवसायी सकारात्मक देखिएका छन् । तर आफै व्यवसायमा डुबेर उनीहरुलाई सहयोग गर्न नसकिने होकी भन्ने देखिएको छ ।
यस लकडाउन समाधान एवं बन्द खुलेपछि पनि होस्टलमा आउने विद्यार्थीहरुको संख्या घट्ने निश्चित छ, विद्यार्थीहरुलाई सुरक्षाको अनुभूति दिलाउनु अर्को चुनौती हो । यस अवस्था पछि पनि दैनिक संचालनलाई चाहिने खाद्यान्न सामग्रीको आपूर्तिमा हुन सक्ने कठिनाई प्रति पनि व्यवसायीहरु चिन्तित रहेका छन् ।