लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको उल्लेख्य सहभागीतामा सम्पन्न प्रतियोगीतामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

प्रतियोगीतामा कक्षा ७ का स्मरण पौडेल प्रथम, प्रनिस कार्की दोस्रो, रोचक पौडेल तेस्रो र शषिरत खड्का चौथो भएका छन् । यहि फागुन २० गते राष्ट्रियस्तरको अबाकस प्रतियोगीता हुँदैछ । त्यसैको तयारी स्वरुप विद्यालयस्तरीय अबाकस प्रतियोगीता गरिएको हो । प्रतियोगीतामा विजयी भएकाहरुले पुरस्कारसमेत पाएका थिए भने बाल बिकास एनसीमास संस्थाका तेजु नेपाललाई मायाँको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिलिप रेग्मीले आफ्नो विद्यालयमा अबाकस लागु गराउँदाको समय स्मरण गर्दै त्यसबेला धेरै व्यक्ति यसबाट अनविज्ञ रहेको बताए । विद्यालयले केही वर्षदेखि यसलाई लागु गराउँदै आएको भन्दै उनले आगामी दिनमा यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

बाल बिकास एनसीमासका तेजु नेपालले क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा अबाकस लागु गराउँदा बखतको अवस्था स्मरण गरे भने यो विद्यालयमा लागु गरिएपछि अरु विद्यालयले पनि यसलाई अनुसरण गर्दै लगेको बताए । विद्यालयका भाईस प्रिन्सिपल कविता नेपालले अबाकसले बालबालिकाहरुमा निक्कै सहयोग पुर्याईरहेको बताईन् ।

यसले स्मरण शक्तिमा पनि निक्कै सुधार गरेको भन्दै उनले बालबालिकाहरु थप सक्रिय बन्न मद्धत गरेको र अभिभावकहरु पनि खुशी भएका बताईन् ।

अभिभावकहरु पनि अबाकसका कारण आफ्ना बालबालिकामा आएको परिवर्तन देखेर खुशी छन् । बालबालिकाको मस्तिस्कमा यसले निक्कै ठूलो सहयोग पुर्याईरहेको उनीहरु बताउँछन् ।

विद्यार्थीहरुले पनि आफूहरुमा आएको परिवर्तन देखेर अबाकस अति आवश्यक रहेछ भन्ने बुझेका छन् । उनीहरुले अबाकसका कारण आफूहरुको शैक्षिक सिकाईमा निक्कै ठूलो सहयोग पुगिरहेको बताएका छन् ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका...

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

धेरै पढिएको