यस्तो देखियो लगनखेलमा भूतपूर्व सैनिक सम्मेलन (फोटोफिचर)

काठमाडौँ – नेपाली सेनाको श्री नं. १३ बाहिनी अड्डा लगनखेल, ललितपुरमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा- सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मलेनमा तामाङ सेलो, लाखे, मगर समुदायको नृत्य, धिमाल समुदायको नृत्यलगायतका सांस्कृतिक कार्यक्रम, फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर वितरण गरिएको थियो ।

नेपाली सेनाले सैनिक सेवामा रहँदा सिकेका तथा प्रदर्शन गरेका ज्ञान सिपलाई अवकाशपछि पनि समाजमा प्रदर्शन गर्ने अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छविलाई निर्धारण गर्ने हुँदा नेपाली सेनाले अवकाशपश्चात पनि सकल दर्जाको जीवनयापन सम्मानपूर्वक विताउन, अपेक्षा पहिचानलगायतका काम गर्न नेपाली सेनाले २०७० सालबाट भूपू सैनिक सम्मेलनको आयोजना गर्दै आएको छ।

नेपाली सेनाप्रति विश्वास र भरोसा जगाउने उद्देश्यसाथ सम्पन्न सम्मेलनले अवकाश प्राप्त सैनिकको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवनयापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास लिइएको छ ।

सम्मेलनका अवसरमा भूपू र आश्रित परिवारको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्रदानका साथै टोपी, सल, ट्रयाकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराँउने सैनिक परम्परा छ ।

 

 

 

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको