उपसचिव अमरदीप सुनुवारको म्युजिक भिडियो ‘दिनरात सधैं सधैं’

काठमाडौं – कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’बोलको गीत सार्वजनिक भएको छ। उपसचिवसमेत रहेका सुनुवारले दोस्रो प्रस्तुति ‘दिनरात सधैं सधैं’को म्युजिक भिडियो लिएर आएका हुन्।

रामेछाप घर भएका सुनुवारले काभ्रेपलाञ्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहँदा ‘लिखु खोलाको तिरैतिर’भन्ने गीत ल्याएका थिए। सुनुवार ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर केहि दिन अगाडि मात्र गृह मन्त्रालयमा सरुवा भएका छन्।

‘दिनरात सधैं सधैं’बोलको गीतमा अमरदीप सुनुवारको शब्द, वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको छ।

सुनुवारको गीतमा घरबाट टाढा रहँदा गाउँमा रहँदा याद स्मरण गराएको छ। गीतमा आफू जन्मेको गाउँ, आफ्ना साथीसंगी र आफन्तसँग खेलेका, मेला महोत्सव र अर्मपर्म गर्दाको याद दिलाएको छ। वैदेशिक रोजगारीको कारण नेपाली विदेशिएपछि पाउने दुःख र कष्टलाई गीतले मार्मिक ढंगमा उँधिनेको छ। गीतमा गाउँको यादले चाँडै घर फर्कन मन लागेको भाव अभिव्यक्त गरिएको छ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको