उपसचिव अमरदीप सुनुवारको म्युजिक भिडियो ‘दिनरात सधैं सधैं’

काठमाडौं – कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’बोलको गीत सार्वजनिक भएको छ। उपसचिवसमेत रहेका सुनुवारले दोस्रो प्रस्तुति ‘दिनरात सधैं सधैं’को म्युजिक भिडियो लिएर आएका हुन्।

रामेछाप घर भएका सुनुवारले काभ्रेपलाञ्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहँदा ‘लिखु खोलाको तिरैतिर’भन्ने गीत ल्याएका थिए। सुनुवार ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर केहि दिन अगाडि मात्र गृह मन्त्रालयमा सरुवा भएका छन्।

‘दिनरात सधैं सधैं’बोलको गीतमा अमरदीप सुनुवारको शब्द, वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको छ।

सुनुवारको गीतमा घरबाट टाढा रहँदा गाउँमा रहँदा याद स्मरण गराएको छ। गीतमा आफू जन्मेको गाउँ, आफ्ना साथीसंगी र आफन्तसँग खेलेका, मेला महोत्सव र अर्मपर्म गर्दाको याद दिलाएको छ। वैदेशिक रोजगारीको कारण नेपाली विदेशिएपछि पाउने दुःख र कष्टलाई गीतले मार्मिक ढंगमा उँधिनेको छ। गीतमा गाउँको यादले चाँडै घर फर्कन मन लागेको भाव अभिव्यक्त गरिएको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको