एनएफपिजेको सहकार्यमा गान्सु फोटोग्राफर चाइनाद्वारा पाटनमा फोटो प्रदर्शनी (तस्वीरहरू)

ललितपुर – गान्सु मोर्डन फोटोग्राफी समाज चाइनाको आयोजनामा ललिपुरको पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। सोमबार उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF), राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ) र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा फोटो प्रदर्शनीमा राखिएको हो। प्रदर्शनीमा चिनियाँ संस्कृति लगायत गान्सु फोटोग्राफरले खिचेका उत्कृष्ट फोटोहरू रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताइन् । फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको उनको भनाइ थियो ।

उपसभामुख राना मगरले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिलाई देख्ने मौका पाएको बताउँदै त्यहाँको प्राकृतिक सुन्दरता, रीतिरिवाज, परम्परागत संस्कृतिहरुको प्रतिनिधित्व फोटो प्रदर्शनीले गरेको उल्लेख गरिन् ।
“फोटोले धेरै परिवर्तनका कुराको प्रतिनिधित्व गरेको छ । प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तन, त्यहाँको कला, संस्कृति, वेषभूषा, रीतिरिवाजको पनि प्रतिविम्बित गर्दछ”, उनले भनिन् , “दुई देशबीच धेरै कुरामा समानता पाइन्छ । देशको भौगोलिक सीमाना कोरिए पनि  मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ ।”
गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवद्र्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताए ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रवर्धन गर्न मद्दत पुग्ने बताए । उनले फोटो प्रदर्शनीले दुई देशबीच सामिप्यता बढाउने बताए ।
नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले चीनको हरेक सहरको उत्तिकै विकास भएको बताउँदै  त्यहाँको रहनसहन नेपालसँग मिल्दोजुल्दो भएको बताए । उनले गान्सु प्रदेश जनजातिको बस्ती भएको र त्यहाँको फोटो प्रदर्शनीले नेपालको विकासका लागि पनि सहयोगी हुनसक्छ भन्ने अपेक्षा रहेको बताए  ।
नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलका अध्यक्ष डा हरिश्चन्द्र शाहले यस प्रदर्शनीले नेपाल र चीनबीचको प्राचीन सभ्यता र संस्कृतिलाई नजिकबाट बुझ्न सहयोग पुर्‍याएको र सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताए ।

 

उक्त फोटो प्रदर्शनीले नेपाल र चीनबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले सम्बन्ध अझ मझबुद बनाउने अवसर मिलेको छ। कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त र गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले एक अर्काले मायाको चिनो स्वरुप पुस्तक आदानप्रदान गरेका थिए।

तीन हजार भन्दाबढी सदस्य रहेको गान्सु मोर्डन फोटोग्राफी संस्थाबाट १६ जना उपस्थिति सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको