सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

बैतडी – महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन् ।

दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमवार रगत दिएका हुन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले एक युनिट तथा ३५० एमएल रगत दिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो ।

युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ । रगत दानपश्चात युवतीको ज्यान बचेको डा. जोशीले बताए। “लकडाउनका बेला रगत खोज्न समस्या भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो”, रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए। उनले भने, “मानवीय कुरा भएर पनि आफूले रगत दिएँ, निकै खुशी छु ।”

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा सेना प्रहरीकै भर पर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम प्रदेश सरकारले रक्तसञ्चार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको भए पनि जिल्लामा हालसम्म केन्द्र सञ्चालन हुनसकेको छैन ।

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रेडक्रसलाई जिम्मा दिए पनि जनशक्तिको अभाव रहेको डा जोशीले बताए । “प्रदेश सरकारले विनियोजन गरेको बजेटले मेसिन खरिद गरिसकेका छौँ”, उनले भने, “सङ्कलित रगत एक महिनासम्म खपत गरिसक्नुपर्ने हुन्छ, जिल्लामा रगत आवश्यक पर्ने घटना कम हुन्छन्, केन्द्र स्थापनाका लागि केही समस्या भएको छ ।” रासस

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको