काठमाडौं – अहिले देशभर पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।