रामेछाप – कोरोना आशंकामा जिल्ला अस्पताल रामेछापले एक महिलाको स्वाब परीक्षणको लागी धुलिखेल अस्पताल पठाएको छ । सर्लाहि जिल्ला घर भएकी महिलालाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी धुलिखेल अस्पताल पठाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
उक्त महिला तराईबाट डेढ महिना अघि मात्र रामेछाप सदरमुकाम मन्थली आएकी थिईन । उनको श्रीमान र छोराछोरी सहित ४ जनालाई रामेछाप नगरपालिकाले तयार पारेको क्वान्टिनमा राखिएको छ ।
यस अघि पनि जिल्ला अस्पताल रामेछापबाट कोरोनाको आशंकामा २ जनाको स्वाब परीक्षणको लागी धुलिखेल अस्पताल पठाइएको थियो । ति दुबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
