प्रभुराम शर्मा रथीमा बढुवा, प्रधानसेनापति बन्ने बाटो खुला

 

काठमाडौं – नेपाली सेनाका उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन् । मन्त्रीपरिषद् बैंठकको वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदार मानिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको हो । सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । दोस्रो वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुलले उमेर हदका कारण अवकाश पाएका छन् ।

अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । उनको ठाउंमा वरियताका आधारमा उपरथी ईश्वर हमाल वा राजेन्द्र कार्की रथीमा बढुवा हुनेछन् । गिरीको रथीमा अवकाससंगै शर्मा प्रधानसेनापतिपछि सेनाको सेकेन म्यान बन्नेछन् । उपरथी ईश्वर हमाल अनडफको फोर्स कमाण्डरमा छनौट भइसकेका छन् ।अर्का उपरथी कार्की भने हाल सेनाको युद्धकार्य महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् । सरकारले यसअघि उनि सेनाको युद्धकार्य महानिर्देशक रहेका बेला१ वर्ष २ महिना १५ दिनका लागी पदावधी थप गरेको थियो । शर्मा रथीमा बढुवा भएसंगै उनको हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकासपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् ।

हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवाको लागि रक्षा मन्त्रलायमा पेस भएको थियो। यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको हो। गिरीले अवकाश पाएसँगै शर्मा पहिलो वरियताका रथी अर्थात् प्रधानसेनापतिको सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुने छन् । शर्माको रथीको कार्यकाल दुई वर्षसम्म रहने छ ।

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको