प्रभुराम शर्मा रथीमा बढुवा, प्रधानसेनापति बन्ने बाटो खुला

 

काठमाडौं – नेपाली सेनाका उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन् । मन्त्रीपरिषद् बैंठकको वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदार मानिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको हो । सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । दोस्रो वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुलले उमेर हदका कारण अवकाश पाएका छन् ।

अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । उनको ठाउंमा वरियताका आधारमा उपरथी ईश्वर हमाल वा राजेन्द्र कार्की रथीमा बढुवा हुनेछन् । गिरीको रथीमा अवकाससंगै शर्मा प्रधानसेनापतिपछि सेनाको सेकेन म्यान बन्नेछन् । उपरथी ईश्वर हमाल अनडफको फोर्स कमाण्डरमा छनौट भइसकेका छन् ।अर्का उपरथी कार्की भने हाल सेनाको युद्धकार्य महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् । सरकारले यसअघि उनि सेनाको युद्धकार्य महानिर्देशक रहेका बेला१ वर्ष २ महिना १५ दिनका लागी पदावधी थप गरेको थियो । शर्मा रथीमा बढुवा भएसंगै उनको हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकासपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् ।

हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवाको लागि रक्षा मन्त्रलायमा पेस भएको थियो। यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको हो। गिरीले अवकाश पाएसँगै शर्मा पहिलो वरियताका रथी अर्थात् प्रधानसेनापतिको सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुने छन् । शर्माको रथीको कार्यकाल दुई वर्षसम्म रहने छ ।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको