बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौं – बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

उनको अन्तिम चलचित्र इमरान हाशमीसँगको द बडी हो । उनी अभिनेत्री दीपिका पादुकोणसँग हलिउड चलचित्र द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने तयारीमा थिए ।

ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । उनले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए ।

थुप्रै फिल्ममा अभिनय गरेका पुरानो पुस्ताका अभिनेता कपुरको पहिरन वा हेयर स्टाइल कुनै बेला स्टाइल नै बन्ने गर्थ्यो ।

उनका कर्ज, दो दुनी चार, खेल खेल मेँ, लैला मज्नु, प्रेम रोग, अग्निपथ, जमानेको दिखाना है, चाँदनी लगायत फिल्म हिट छन्। उनका छोरा रणवीर कपुर पनि फिल्म क्षेत्रमा स्थापित भइसकेका छन्। ऋषिका पिता राज कपुर हुन्। उनी पनि प्रख्यात अभिनेता, निर्माता तथा निर्देशक थिए।

बुधबार मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको